काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ।
ओलीलाई भेट्न प्रचण्ड बिहान बालुवाटार गएका थिए।
अध्यक्षद्वयबीच भदौ १३ गते बिहान ११ बजे सचिवालय बैठक बस्ने सहमति भएको छ।
यसअघि गत भदौ १ गते सचिवालय बैठक बसेको थियो। सो बैठकले कार्यदललाई अनुमोदन गरेको थियो। कार्यदलले गत शनिबार नै आफ्नो प्रतिवेदन बुझाइ सकेको छ। अध्यक्षद्वयले अध्ययन गरिरहेको प्रतिवेदन सचिवालय हुँदै स्थायी कमिटीमा छलफल गराइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।