काठमाडौं- विश्व बजारमा सुनको मूल्य एक वर्षमै २८ प्रतिशतले बढेको छ। विश्व बजारमा बढेको सुनको मूल्य नेपालमा पनि बढेको हो। नेपालमा एक वर्षमै ३० प्रतिशतभन्दा बढीले सुनको मूल्य बढेको छ। २०७६ असार मसान्तमा नेपाली बजारमा सुनको मूल्य ६४ हजार ५ रुपैयाँ थियो। तर, २०७७ असार मसान्तसम्म आइपुग्दा यसको मूल्य बढेर ९२ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा २०७६ असार मसान्तमा प्रतिआउन्स सुनको मूल्य अमेरिकी डलर १ हजार ४ सय ९ दशमलब ८५ रहेकोमा २०७७ असार मसान्तमा २८.० प्रतिशतले वृद्धि भई अमेरिकी डलर १ हजार ८सय ४.६० पुगेको छ।
तेलको मूल्यमा गिरावट
अन्तर्राष्ट्रिय बजारमा २०७६ असार मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ६५.८७ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७७ असार मसान्तमा ३३.३ प्रतिशतले घटी प्रतिब्यारल अमेरिकी डलर ४३.९६ कायम भएको थियो। त्यसैगरी, २०७६ असार मसान्तको तुलनामा २०७७ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ९.१५ प्रतिशतले अवमूल्यन भएको छ।
अघिल्लो वर्ष नेपाली रुपैयाँ ०.०२ प्रतिशतले अवमूल्यन भएको थियो। २०७७ असार मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १२०.३७ पुगेको छ। २०७६ असार मसान्तमा उक्त विनिमय दर १०९.३६ रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।