काठमाडौँ- नेकपा स्थायी कमिटी बैठक लगतै असाजमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। नेकपा विवाद समाधान कार्यदलले असोज १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटी बैंठक राख्न सुझाव दिएको हो। त्यही केन्द्रीय कमिटी बैठकले महाधिवेशनसम्बन्धी कार्ययोजना पारित गराउनसमेत कार्यदलको सुझाव छ।
विवाद समाधान कार्यदलले दिएको सुझावअनुसार अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ अध्ययन गरी साझा धारणा बनाउने छन्। दुई अध्यक्षले प्रतिवेदन अध्ययन गरेपछि साझा धारणा बनाई सचिवालय बैठकमा छलफल हुनेछ।
सचिवालय बैठकमा छलफल भएपछि स्थायी कमिटीमा कार्यदलले तयार गरेको प्रतिवेदनका विषयमा गम्भीर छलफल हुने एक कार्यदलका सदस्यले बताए। गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक बढीमा तीन दिन मात्रै चलाएर सक्ने तयारी गरिएको एक स्थायी कमिटी सदस्यले बताए।
पार्टी विवादमा विषयमा कार्यदलले प्याकेजमा हल गर्ने गरी सुझाव दिएपछि स्थायी कमिटी बैठक धेरै नलम्ब्याउने तयारी गरिएको हो। नेकपा स्थायी कमिटी बैठक चल्दै स्थगित हुँदै असार १० गतेदेखि जारी छ।
यसअघि केन्द्रीय कमिटीले प्रस्ताव गरेको चैत २५देखि ३० गतेसम्मको मितिलाई नै कार्यदलले सहमती जनाएको छ। महाधिवेसनको मिति अघि सर्ने चर्चा चलेपनि यस अघिकै मितिलाई कायम गरिएको छ। मार्क्सवाद, लेनिनवाद मार्गदर्शनको रुपमा नेपाली विशेषता आधारित बनाइने छ। तत्कालीन एमालेले मान्दै आएको ‘जनताको बहुदलीय जनवाद’ र माओवादीले मान्दै आएको ‘२१औं शताब्दीको जनवाद’ लाई सकारात्मक रुपमा विश्लेषण गरिने प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।