• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतीय कांग्रेसको नेतृत्व गान्धी परिवारबाहिर जान सम्भव छ?

64x64
नेपाल लाइभ मंगलबार, भदौ ९, २०७७  १३:०५
1140x725

एजेन्सी–भारतीय जनता पार्टी (भाजपा)ले दोस्रो पटक अत्याधिक बहुमत ल्याएपछि लामो राजनीतिक विरासत भएको भारतीय कांग्रेसकाे नेतृत्वबारे बहस सुरु भएको थियो। उक्त बहस कांग्रेसका २३ वरिष्ठ नेताहरुको चिठी सार्वजनिक भएपछि फेरि तातेकाे छ।

नेतृत्व परिवर्तनको माग गर्दै २३ नेताहरुले सोनिया गान्धीलाई चिठी लेखेपछि कांग्रेस कार्यसमितिको बैठक सोमबार बस्यो। बैठकले अर्को अध्यक्ष चयन नहुन्जेल सोनियालाई नै अन्तरिम अध्यक्षका रुपमा निरन्तरता दिने निर्णय गरेको छ। तर पार्टीको नेतृत्व नेहरू–गान्धी परिवारबाट बाहिर जाला त भन्ने बहस पनि सुरु भएको छ। 

कांंग्रेसको राजनीतिलाई नजिकबाट नियालेका वरिष्ठ पत्रकार रशिद किदवईलाई सोनिया या राहुल गान्धीको नेतृत्वलाई लिएर प्रश्न उठेजस्तो लाग्दैन। अनि उनीहरुबाट नेतृत्व लिने कुरा भएको छ भन्ने पनि उनलाई लाग्दैन। ‘धेरै मानिसलाई कांग्रेसमा सोनिया गान्धी वा राहुल गान्धीको नेतृत्वलाई लिएर कुनै गुनासो छैन,’ उनले भने। 

वरिष्ठ पत्रकार अपर्णा द्विवेदी पनि यो कुरामा सहमत छिन्। 'राहुल गान्धीले जब निर्वाचनको परिणाम हेरेर अध्यक्षबाट राजीनामा दिए। उनको प्रयास थियो कांग्रेस पूर्णरुपमा बदलियोस्’ द्विवेदी भन्छिन्, ‘अर्थात् कांग्रेसमा जति पनि पुराना नेताहरू छन्, उनीहरुले पदबाट राजीनामा दिउन् भन्ने राहुलकाे अपेक्षा थियाे, तर उनको सोचअनुसारको काम भएन।' 

‘राहुल गान्धीलाई लागेको थियो, उनले पदबाट राजीनामा दिएपछि अन्य पुराना पुस्ताका सबैले राजीनामा दिनेछन् अनि चाहे अनुसार पार्टीलाई पुनर्गठन गर्न सजिलाे हुनेछ तर उनको सोचाइ अनुसार कसैले पनि राजीनामा दिएनन्।’  रशीद किदवईको बुझाइमा पत्र लेख्ने अधिकांशहरुमा पार्टीभन्दा धेरै आफ्नै चिन्ता देखिन्छ। 

Ncell 2
Ncell 2

‘जब नेतृत्व बदलिन्छ तब महत्वपूर्ण पदमा बसेकाहरुको पनि  परिर्वतन हुन्छ र नयाँ मानिसहरु उक्त स्थानमा आउँछन्,’ रशीद भन्छन्, ‘अहिले देखिएको असन्तुष्टि त्यसैको एक हिस्सा हो, राहुल गान्धीले  आफ्नो नयाँ टिम ल्याउन सक्छन् भन्ने चिन्ताले नै उनीहरुले पत्र लेखेको देखिन्छ।’ पत्र लेख्नेहरुमा जोसभन्दा पनि आशंका र आफ्नो भविष्यको चिन्ता प्रष्ट देखिने उनको तर्क छ। 

बाहिर जाला नेतृत्व?
कैयौं राजनीतिक विश्लेषकहरुले कांग्रेसको खराब अवस्थामा सुधार ल्याउन अब नेतृत्व गान्धी-नेहरु परिवारबाहिर जान आवश्यक भईसकेको बताएका छन्। अब बाहिरका व्यक्तिले नै सम्हाल्नुपर्ने उनीहरुको तर्क छ। राहुल गान्धीले गत वर्ष अध्यक्षबाट राजीनामा दिएकै समयमा यो बहस छेडिएको थियो। सोही समयमा पनि प्रियन्का गान्धीले यो कुराको समर्थन पनि गरेकी थिइन्। तर त्यतिबेला कुनै निष्कर्ष निस्किएन। 

‘तत्कालीन समयमा निष्कर्ष यसकारण निस्केन किनकि मानिसहरु राहुल र सोनियाले कसैलाई मनोनित गरुन् भन्ने चाहन्थे,’ द्विवेदीले भनिन्, ‘राहुल गान्धीले आफ्नो नेता चुन्नुहोस् त भने तर पार्टीमा न त्यो इच्छाशक्ति थियो  न उनीहरुको मन नै थियो।’
उनका अनुसार दुई खालका खबर एकसाथ आए। एकातिर वरिष्ठ २३ नेताले कांग्रेसमा तलदेखि माथिसम्म परिवर्तन हुनुपर्छ भने। अर्कोतिर, नेतृत्वमा राहुल गान्धी फेरि आउनैपर्छ भनियो। ‘यसरी हेर्दा राहुल गान्धी जे गर्न चाहिरहेका छन् उनीहरु त्यही भनिरहेका छन्,’ द्विवेदी भन्छिन्, ‘उनीहरु कांग्रेसलाई पुन एकीकृत गर्ने कुरा हाम्रो माग हो तर यसमा गान्धी परिवारका विरोधी होइनौं भन्दैछन्।’ 

गान्धी परिवार बाहिर कसको नेतृत्व?
रशीद किदवई र अपर्णा द्विवेदी दुवैको मान्यता छ–यदि गान्धी परिवारभन्दा बाहिर नेतृत्व जान्छ भने त्यो गान्धी परिवारको समर्थन भएको व्यक्ति नै हुने छन् । अपर्णा गान्धी परिवारबाहिर नेतृत्व गएमा कांग्रेस एक होला भन्न नसकिने बताउँछिन्। ‘गान्धी कांंग्रेसको एक प्रकारको काख हो जसले पार्टीलाई एक बनाई राख्छ। गान्धी परिवारको नाम आएपछि ठूला–ठूला नेता पनि पछि हटेका इतिहास छन्, ’ उनी भन्छिन्। ठूला नेतालाई पार्टी सुम्पिए पनि उसलाई गान्धी परिवारको समर्थन जरुरी रहेको उनको भनाइ छ।

 कांग्रेस अब सम्हालिन्छ 
अपर्णा द्विवेदीलाई अहिले पनि कांग्रेसले विपक्षीको भूमिका राम्रोसँग निभाउन नसकेको लाग्छ । ‘कांग्रेससँग धेरै अवसर थियो तर प्रतिपक्षको रुपमा उसले प्रभावकारी भूमिका निभाउन सकेन,’ द्विवेदीले भनिन्, ‘कांग्रेस जहाँ–जहाँ सत्तामा आयो, उसले पाएको भूमिका निर्वाह गर्न सकेन र हातमै आएको विजय पनि गुमाउँदै आएको छ।’ कांग्रेसमा अब आउने नेतृत्वले चमत्कार गर्ने आशा पनि नभएको उनको तर्क छ। त्यस्तै अर्का विश्लेष्क रशीद किदवई पनि कुनै राजनीतिक दल खराब अवस्थामा रहेको समयमा यस्तो वाधा ब्यवधान आई नै राख्ने बताउँछन्। 

बिबिसीबाट
 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
ट्रम्पले सामाजिक सञ्जालबाट घोषणा गरे आफैंलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् । सोमबार, पुस २८, २०८२
इरानको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५०० पुग्यो अमेरिकास्थित मानवअधिकारवादी समूह एचआरएएनएले दुई हप्तादेखि चलेको प्रदर्शनमा ४९० जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको मृत्यु भएको... सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा इरान इन्टरनेशनलका अनुसार उनले स्पष्ट रुपमा भनेका छन्, ‘अमेरिकाको कुनै पनि सैन्य कदमको जवाफ कारबाहीमा मात्र सीमित हुनेछैन ।’ एसोसिएटे... आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने मंगलबार, पुस २९, २०८२
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, पुस २९, २०८२
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा मंगलबार, पुस २९, २०८२
पाँच अंकले बढ्यो नेप्से मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन शीतल निवासको अनुरोध मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्