फाइल तस्बिर
काठमाडौं- पछिल्लो २४ घन्टामा रुपन्देही जिल्लामा मात्र चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा तीन जना पुरुष र एक जना महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
रुपन्देहीकी ६७ वर्षीया महिलाको मृत्यु भएको हो भने ३८, ५३ र ५४ वर्षीय पुरुषको समेत कोरोना संक्रमण पछि मृत्यु भएको हो।
पछिल्लो २४ घण्टामा देशभरमा रुपन्देहीका चारसहित आठ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ५७ पुगेको छ।
सुनसरीका ६८ वर्षीय पुरुष, मोरङमा ६२ वर्षीय पुरुष, पर्साका ७० वर्षीया महिला, काठमाडौंका ४८ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।