काठमाडौं- नेपालमा गत २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो पटक मृत्यु हुने तीन जना महिला हुन् भने बाँकी पुरुष हुन्। पर्सा महिला, काठमाडौं, र रुपन्देहीमा एक एक जना महिलाको निधन भएको हो।
सुनसरी तथा मोरङका एकएक जना पुरुषका साथै रुपन्देहीकै ३ जना पुरुषसमेतको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा हालसम्म १८ हजार ८०६ उपचारपछि निको भएका छन्। सोमबार काठमाडौं उपत्यकामा २२४ जना संक्रमित थप भेटिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ४सय ८६ पुगेको छ।
त्यसैगरि, काठमाडौंमा २ हजार ७५६, ललितपुरको ४४४ र भक्तपुरमा २८६ संक्रमित पुगेका छन्।
सोमबार देशभर ७४३ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३२ हजार हजार ६७८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।