काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता थप २२४ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घन्टामा काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ४सय ८६ पुगेको छ। त्यसैगरि, काठमाडौंमा २ हजार ७५६, ललितपुरको ४४४ र भक्तपुरमा २८६ संक्रमित पुगेका छन्।
सोमबार देशभर ७४३ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३२ ह्जार हजार ६७८ पुगेको छ। २४ घण्टामा १७५ जना डिस्चार्ज भएसँगै १८ हजार ८०६ जना संक्रमणमुक्त भएका छन्।
हाल संक्रिय संक्रितको संख्या १३ हजार ७ सय १५ छ भने ९ हजार १५४ जना संस्थागत आइसोलेसनमा छन्। ४५६१ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।