फाइल तस्बिर
काठमाडौं- पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा हालसम्म १८ हजार ८०६ उपचारपछि निको भएका छन्। सोमबार काठमाडौं उपत्यकामा २२४ जना संक्रमित थप भेटिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ४सय ८६ पुगेको छ।
त्यसैगरि, काठमाडौंमा २ हजार ७५६, ललितपुरको ४४४ र भक्तपुरमा २८६ संक्रमित पुगेका छन्।
सोमबार देशभर ७४३ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३२ हजार हजार ६७८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।