• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २४, २०८२ Wed, Dec 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'हटस्पट' भौराटार : नगरलाई छलेर काममा जाँदा गाउँमा फैलियो संक्रमण, एउटै टोलमा ६५ संक्रमित

64x64
दुर्गा दुलाल मंगलबार, भदौ ९, २०७७  १४:१७
1140x725

काठमाडौं-‘कोरोना पोजेटिभ देखिएपछि हामीले अस्पताल वा नगरको आइसोलेनमा राख्ने कति प्रयास ग¥यौं, तर मान्नुभएन। होम आइसोलेनमै सुरक्षितसँग बस्ने प्रतिबद्धतापछि पठाइयो। तर विडम्बना  मलाई के भएको छ र भन्दै परिवार, छिमेकीसँग घुलमिल गर्ने र काममा जाने गरेको पाइयो। सुरुमा दुई-तीन जना संक्रमित रहेको टोलमा अहिले ६५ जना पुगेका छन्। यो संख्या अझै बढ्ने देखिन्छ,’ यो भनाई हो बहुदरमाई नगरपालिका मेयर नितेन्द्रप्रसाद साहको।  

 करिब ५ सय जनाको जनसंख्या रहेको पर्साको बहुदरमाई नगरपालिका भौराटार अहिले कोरोना ‘हटस्पट’ बनेको छ। आफ्नो नगरमा कसरी कोरोना फैलियो भनेर खोजी गर्दागर्दै मेयर साह आफैं संक्रमित भएका छन्। यो क्षेत्रमा लकडाउन खुल्नुअघि संक्रमित शून्य थिए। जसै लकडाउन खुल्यो, भारतबाट आउने व्यक्ति र भारतीय बजारमा जाने मानिसहरुबाट संक्रमण भित्रियो। अहिले नगर सबैभन्दा धेरै संक्रमित रहेको क्षेत्र बनेको मेयर साहले बताए।  

मेयर नितेन्द्रप्रसाद साह

‘भौराटार टोलमा मात्र ६५ संक्रमित रहेका छन्। यो नगरको कोरोना हटस्पट बनेको छ,’ मेयर साहले भने, ‘मानिसहरुलाई यहाँबाट अन्य ठाउँमा लैजान सम्भव छैन त्यसैले यही नजिकै रहेको एक विद्यालयलाई हामीले आइसोलेसन सेन्टर बनाएका छौं।’ 

नगरले यो क्षेत्रका मानिसलाई जबर्जस्ती रुपमै आइसोलेनमा राख्नु परेको उनको अनुभव छ। ‘मानिसहरुले सुरुमा हामीलाई बस्न दिएनन्, अझ गाउँमै संक्रमित राख्ने भनेपछि ठूलो विरोध भयो,’ साहले भने, ‘तर टाढा लगेर राख्न पनि नसकिने र सम्भव पनि नभएको कुरा हामीले वुझाएपछि स्कुलमा राखेका छौं।’

उक्त विद्यालयलाई थप मर्मत गर्दै अहिले संक्रमणको लक्षण नदेखिएका तर पोजेटिभ आएका मानिसहरुलाई राखिएको उनले बताए। नगरपालिका र वडाले नियमित रुपमा संक्रमितहरुको अनुगमन गर्ने गरेको उनले बताए। मलाई केही भएको छैन भनेर मानिसहरुले हल्का रुपमा लिँदा संक्रमण फैलियो अब फेरि यस्तो नहोस् भनेर नियमित अनुगमन गर्ने गरिएको उनले बताए।  

हाल नगरपालिकामा १२३ जना संक्रिय संक्रमित छन् । कुल १४४ जनामा संक्रमण पुष्टि भएकोमा २० जना उपचारपछि निको भएर फर्केका छन्।

मेयर र वडाध्यक्ष नै संक्रमित 
जनतालाई कोरोनाबारे जानकारी दिने, उनीहरुसँगै घुलमिल हुँदाहुँदै उनी आफैं संक्रमित भए। उनमा त  अझै लक्षणसहितको संक्रमण देखियो। सुरुमा ज्वरो आउने, टाउको दुख्ने हुन थालेपछि उनले परीक्षण गराएका थिए। साउनको अन्तिम सातादेखि उनी आफैं होम आइसोलेनमा छन्। भदौ ३ गते दोस्रो पटक स्वाब संकलन गरिएको थियो। पिसीआर रिपोर्ट पोजेटिभ आएपछि  उनले अहिले नगरको काम टेलिफोनबाट गर्ने गरेका छन्। उनीसगै एक वडाध्यक्ष पनि संक्रमित भएका छन्। लक्षण नदेखिएका वडाध्यक्षमा होम आइसोलेनमा बसेर उपचार गरिरहेका छन्। 

एकको मृत्यु 
प्रदेशको धेरै जिल्ला संक्रमणको चपेटामा छन्। सबैभन्दा धेरै प्रभावित पर्सा जिल्ला भएको छ। तराईमा संक्रमण फैलिनुको पहिलो कारण खुल्ला सीमा हो। योसँगै यहाँका मानिसहरुमा जनचेतना नहुँदा झन् महामारीको रुपमा फैलिएको छ। लक्षण नदेखिएको र मानिसहरुले मास्क लगाउने तथा सामाजिक दुरी पालना गराउन नसक्दा संक्रमण फैलिएको मेयर साहले बताए।  शनिबारमात्र नगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको उनले बताए। 

Ncell 2
Ncell 2

नगरले बचाउने कोसिस गर्दागर्दै एक जनाले ज्यान गुमाएको उनले बताए। बहुदरमाई नगरपालिका ४ डकैला बहुअरिका ६१ वर्षका पुरुषले ज्यान गुमाएका थिए । अली अर्थो ट्रामा सेन्टरमा कोरोना पुष्टि भएपछि उनको उपचार भइरहेको थियो। केही दिनदेखि अवस्था जटिल भएपछि  नगरपालिकाले नारायणी कोभिड अस्थायी कोरोना अस्पताल वीरगंज पठाएको थियो । 

श्वासप्रश्वास, टाउको दुखाई, बान्ता, दम हुने समस्याका कारण ती वृद्धलाई गत साउन ३१ गते अली अर्थो ट्रामा सेन्टरमा भर्ना गरिएको थियो।  नगरमा रहेका संक्रमितमध्ये लक्षण भएका बिरामी उनीमात्र थिए।

 विद्यालयलाई आइसोलेसनमा रुपान्तरण 
नगरपालिकाभित्र कोरोना संक्रमितको संख्या बढ्दै गएको र नारायणी अस्पतालमा ठाउँ नहुने हुन थालेपछि नगरभित्र रहेका विद्यालयलाई आइसोलेनमा रुपान्तरण गरिएको छ । क्वारेन्टाइन निर्माण गरिएको अस्पताललाई अहिले अस्थायी आइसोलेसन बनाएको मेयर साहले बताए। नगरका तीन वटा विद्यालयलाई आइसोलेसन र सेमी आइसोलेन बनाएर चलाइरहेको उनले बताए। 
अहिले ६० जना होम आइसोलेसनमा छन् भने ६३ जना नगरले बनाएको अस्थायी आइसोलेनमा छन्। 

चुलिमेराको क्वारेन्टाइनलाई ५० बेडको आइसोलेन बनाई नगरले चलाईरहेको छ।।नगरका अधिकांश संक्रमित लक्षण नभएकाले यो आइसोलेनमा राखिएको छ। नगरले महावीर साह माध्यमिक  विद्यालय र सीताराम आधारभूत विद्यालय भौराटारमा सेमिआइसोलेन बनाएको छ।

आइसोलेसनबाट भागेर काममा 
यो नगरका धेरै मानिस  निरक्षर भएकाले बुझाउन धेरै समस्या भएको मेयर साहको अनुभव छ। मास्क लगाउने, सामाजिक दुरी पालना गराउने र साबुन पानीले हात धुने कुरा सुनाउँदा यहाँ नौलो हुने उनले बताए। मानिसहरु यो कुरा पालना गदैनन्। नगरले सबै वडामा मास्क र सावुन वितरण गरेको तर उनीहरुले त्यसको प्रयोग गर्न नचाहेको उनको अनुभव छ।

 केही दिनअघि  आइसोलेनमा रहेका संक्रमित खेतमा काम गर्न पुगेको नगरको अनुगमनमा पाइएको थियो। लक्षण नभएकाले मलाई केही भएको छैन भन्दै मानिसहरु आइसेलेसन सेन्टरबाट बाहिर हिँड्न बल गर्ने गरेको उनले बताए।  नगरले आफूहरुलाई अनावश्यक रुपमा थुनेर राखेको भन्दै उनीहरुले समय–समयमा झगडासमेत गर्ने गरेका छन्। नगरको रहरले कसैलाई थुनेको होइन यो समुदायमा फैलन्छ भनेर हामी बुझाउन खोज्छौ्र तर उनीहरु वुझ्नै खोज्दैनन्।

होम आइसोलेनमा धेरै समस्या 
नगरसँग आफू होम आइसोलेनमा बस्ने भनि जाने तर त्यहीबाट काममा जाने र परिवारसँग घुलमिल हुने गरेकोसमेत भेटिएको छ। होम आइसोलेनमा सधै अनुगमन गर्न सम्भव नहुने भएकाले उनीहरुले त्यसको बेवास्ता गरेको पाइएको छ। लक्षण नभएकाले केही भएको छैन भनेर उनीहरु काममा समेत गएर धेरै मान्छे भेटेकोसमेत पाइएपछि अहिले नगरले कडाइ गरेको छ। 

आइसोलेसनको खानामा सधै विवाद 
शिक्षा र नजचेतनाको कमिका कारण मानिसहरुले सानो–सानो कुरामा पनि झगडा गर्ने गरेका छन्। दाल पातलो भयो भन्नेदेखि नुन नलागेसम्मका कुरामा उनीहरुले झगडा गर्ने गरेका छन्। गाउँका बासिन्दामा चेतनाको कमि भएकाले कहिलेकाहीँ राजनीतिक मुद्दासमेत बन्ने गरेका छन्। कसैले केही भनेमा झट्ट पत्याउने अनि नगरपालिकाले गरेन भनेर गुनासो आउनेक्रम अहिले सामान्य छ। ‘यही जनताले छानेर पठाएकाले उनीहरुको गुनासो सुन्ने र चित्त वुझाउने मेरो जिम्मेवारी हो। यही सम्झेर मैले सबैलाई समान ठानेर काम गर्ने गरेको छु,’ मेयर साह भन्छन्।  

उपमेयरले चलाउँदै नगरपालिका 
अहिले नगरका सबै काम उपमेयरले चलाउँदै आएकी छन्। उपमेयर गायत्री देवीले मेयरसँग टेलिफोनमा राय सल्लाह र नगरको कामका बारेमा दैनिक कार्यालय चलाइरहेकी छन्।   दोस्रो पटकको परीक्षणमा पनि कोरोना पोजेटिभ भएपछि मेयर साह अहिले पूर्ण रुपमा आराममा छन्। ‘आफू आराममा रहे पनि नगरको चिन्ता भने लागिरहेको छ’, मेयर साहले भने,  ‘मानिसहरु अशिक्षित छन्, बुझ्दैनन्, त्यसैले यो फैलेर झन् महामारी हुने हो कि भन्ने डर लागिरहेको छ।’

संक्रमण समुदायमा पुगिसकेकाले सर्न धेरै समय नलाग्ने देखिएको उनले बताए। कहिलेकाही आइसोलेनमा राखेका मानिसहरुलाई छुटाउन राजनीतिक दबाब आउँदा भने सारै दुःख लाग्ने उनले बताए। ‘तर पनि हामी सबैलाई बुझाएर पठाउने गरेका छौं, स्थानीयहरुले पनि नबुझेर कोरोना संक्रमित राख्न नदिने भनि कहिलेकाहीँ अवरोध गर्ने गरेकाले शान्त भएर बुझाएर फर्काउने गरेका छाैं’ उनले भने।

‘प्रदेश र केन्द्रको सहयोग पाएनौं’ 
प्रदेश र केन्द्रबाट नगरले उचित सहयोग नपाएको उनको गुनासो छ। पटक–पटक सहयोगको आग्रह गरे पनि पाउन नसकेकाले अहिले स्थानीय तहमा भएको रकमले काम चलाइरहेको उनले बताए। ‘नगरमा भएको रकमले क्वारेन्टाइनदेखि आइसोलेसनसम्म चलाएका छौं,’ मेयर साहले भने, ‘प्रदेश र केन्द्रलाई हामीले सहयोग मागिरहेका छौं, भोलिका दिनमा सहयोग होला भन्ने आसा राखेका छौं।’  
 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बुधबार, मंसिर २४, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने बुधबार, मंसिर २४, २०८२
सर्वाेत्तम सिमेन्ट कोनिःशुल्क स्वास्थ्य शिविर बुधबार, मंसिर २४, २०८२
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु बुधबार, मंसिर २४, २०८२
विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
एनपीएल-: क्वालिफायर १ मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर भिड्दै मंगलबार, मंसिर २३, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्