• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

ठेकेदारले लुकाएर प्रभावित क्षेत्रका श्रमिक भित्र्याउँदा समुदायमा पुग्यो कोरोना

शिवराज सुवेदी आइतबार, भदौ ७, २०७७  १९:१५
1140x725

काठमाडौँ- साउन दोस्रो साता म काठमाडौंमा क्वारेनटाइन बसेको थिएँ। वीरगञ्जका मेयर विजय सरावगीसँग एक कार्यक्रममा सहभागी भएको र वहाँलाई कोरोना संक्रमण पुष्टि भएपछि म क्वारेनटाइनमा बसेको थिएँ। परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएपछि अरुलाई सर्ला भन्ने डरले क्वारेन्टाइनमा बसेँ। त्यही समयमा नेकपाका एक नेताको घरमा ४९ वर्षकी एक महिला बितेको र उनीहरुको परिवारमै  कोभिड-१९ को लक्षण देखिएको खबर पाएँ।

साउन १८ गते बुटवल उपमहानगरपालिका-११ कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो।

उनी क्यान्सरको उपचारका लागि अस्पताल भर्ना भएकी थिइन्। मृत्युपछि परिवारले कोरोना परीक्षण गर्न पर्छ कि भनेर अस्पताललाई  सोधेका थिए। केमोथेरापीका क्रममा हृदयाघातबाट मृत्यु भएकाले अस्पतालले स्वाब संकलन नगरी शव पठाएको थियो।  अस्पतालले आत्मविश्वासका साथ शव दिएपछि परिवारले हिन्दू संस्कारअनुसार दाहसंस्कार गरे। 

एक हप्ताको क्वारेनटाइन बसाइपछि म बुटवल पर्खेर उक्त परिवारका सदस्यलाई भेट्न पुगेँ। वहाँहरूको अन्तिम संस्कारमा सहभागी भएका सबैको नाम र नम्बर डायरीबाट लिइयो। अनि शुरु भयो कन्ट्याक ट्रेसिङ। यसरी गरेको कन्ट्याक ट्रेसिङको शुक्रबारसम्म रिर्पोट आइरहेको थियो। लगत्तै उक्त दिन मलामी गएकालाई कोरोना परीक्षण गर्न नगरले आग्रह गर्‍यो। उनीहरुलाई अलग्गै बस्न पनि भनियो। 

यही घटनाले अहिले बुटवल नगरको एउटा क्षेत्र त्रासदीपूर्ण भएको छ। सामान्य मृत्यु ठानेर छिमेकी, नातागोता र गाउँले गरी ४५ जना मलामी  गएको पछि जानकारी पाइयो। दाहसंस्कार गरेर आएको केही दिनमै मृतकका देवरलाई कोभिड–१९ को लक्षण देखियो। नगरपालिकाले जानकारी पाएपछि उनको स्याम्पल टेस्टिङ गरियो। साउन २२ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आयो। उनको कोरोना पोजिटिभ देखिएपछि थप मानिसको परिक्षण थालियो। मृतकका श्रीमान, छोरा, ज्वाइँ, आमा तथा छोरीमा पोजेटिभ देखिएको छ। उक्त दिन मलामी गएका मध्ये १५ जनाको पोजेटिभ आयो। अन्य केहीले बाहिर गराएका र उनीहरूमध्ये केहीको पोजेटिभ आएको खबर पाएका छौँ। 

उक्त संक्रमण ती मृतकवाट भयो वा अन्यवाट भयो भन्ने यकिन भने हालसम्म हुन सकेको छैन। उक्त परिवार र मलामी जाने कार्यमा संलग्न अधिकांशलाई कोरोना देखिएको छ।  मृतकका देवरदेखि अन्तिम संस्कार गराउने पण्डितसम्म संक्रमित भएकाले अहिले सबैलाई परीक्षण गराएर क्वारेनटाइनमा राखिएको छ।

लकडाउन खुलेसँगै फैलियो कोरोना 
साउन ७ गतेबाट लागू हुने गरी सरकारले देशव्यापी लकडाउन खोल्ने निर्णय गरेपछिका दिनमा यो क्षेत्रमा कोरोना संक्रमित ह्वात्तै बढे। यसमध्ये मैले बिरर्सन नसक्ने एउटा घटना भयो। लकडाउन खुलेसँगै एकजना व्यवसायीले बाराबाट सात जना मजदुर भित्र्याए। उनले ल्याएका ती व्यक्तिको बारेमा जानकारी पाएपछि हामी परीक्षणका लागि पुग्यौँ। यसरी ल्याएका ७ जना मजदूरको स्वाब परीक्षण गर्दा सबैमा कोरोना पोजिटिभ देखियो। 

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरूलाई तत्कालै आइसोलेसन पठाइयो। यसले गर्दा समुदायमा पुग्न लागेको संक्रमण नगरपालिका रोक्न सफल भयो। तर अहिले यसरी छिर्ने मानिसहरुको बारेमा धेरै जानकारी नपाउँदा यो समुदायमा पुगेको छ। व्यापारी, उद्योगी व्यवसायी तथा आम मानिससमेत इमान्दार नहुँदासम्म कोरोना संक्रमण नियन्त्रण गर्न सकिने देखिँदैन। प्रभावित जिल्लाबाट ल्याइने कामदारहरु र भित्रने मानिसलाई इमान्दारितापूर्वक कोरोना परीक्षण गराउन सके मात्र यसलाई नियन्त्रण गर्न सकिन्छ नत्र नगरले चाहेर मात्र यो रोक्ने देखिँदैन।  

हाट बजारदेखि अस्पतालसम्म संक्रमित 
लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी,  बैंकका कर्मचारी, बुटवल उपमहानगरपालिकाका कर्मचारी तथा सर्वसाधारणमा पनि कोरोना संक्रमण देखिएको छ। हाटबजारमा समेत पुगेको पाइएको छ। नगरले रोक्न धेरै प्रयास गर्दागर्दै संक्रमण सर्वसाधरणमा पुगेकाले अब यसको जरो खोजीदेखि रोकथामसम्म एकैपटक गरिरहेका छौँ। 

आइसोलेन भरिए, होम आइसोलेन राखिँदै
पछिल्ला १५ दिनमा लगातार कोरोना संक्रमित थपिएपछि बुटवलमा बनाइएका आइसोलेसन बेड भरिइसकेका छन्। लुम्बिनी प्रादेशिक अस्पतालले निर्माण गरेको रामनगरस्थित धागो कारखानामा रहेको आइसोलेसनमा ३७ जना संक्रमित राखेका छौँ। बुटवल उपमहानगरपालिकाले देवीनगरस्थित एन्फा एकेडेमीमा तयार गरेको आइसोलेसनमा ३७ जना संक्रमित राखेका छौँ। संक्रमित थपिँदै जाने र तर आइसोलेसनका बेड खाली नहुँदा नयाँ संक्रमित अहिले होम आइसोलेसनमै राख्न थालेका छौँ।  शुक्रबारसम्म संक्रमण पुष्टि भएका विभिन्न वडामा ५८ जना संक्रमित होम आइसोलेसनमा छन्। नगरले लक्षण भएका, होम आइसोलेनमा बस्न नसक्ने, गम्भीर बिरामी भएका र दिर्घरोगीहरुलाई अस्पताल राख्ने प्राथमिकताको सूचीकृत गरेको छ। लक्षण नभएका बिरामीहरुले होम आइसोलेनमा बस्ने र नगरको स्वास्थ्यकर्मीसँग नियमित सम्पर्क हुने व्यवस्था गरिएको छ। 

संक्रमितहरुको हौसला बढाउन अहिले घरघर पुग्ने अभियान शुरु गरिएको छ। म आफै अनिवार्य रूपमा संक्रमण पुष्टि भएका व्यक्तिको घरमा पुग्ने गरेको छु।  होम आइसोलेसनमा रहेका संक्रमितलाई आयुर्वेदिक औषधिसहित शीघ्र स्वास्थ्यलाभको पत्र बोकेर घरघरमै पुगेर हौसला दिएको छु। यसो गर्दा उनीहरुमा आत्मबल वृद्धि हुने र कोरोना जित्नसक्छु भन्ने आत्मविश्वास पलाउने विश्वास छ। 

Xtrem

Xtrem

संक्रमण फैलिनुको मुख्य कारण लकडाउन खुलेपछि विदेशवाट आउने मानिस नभई स्थानीयहरुको हेलचक्र्याँइ हो। स्थानीय ठेकेदारहरुले उच्च संक्रमित रहेका जिल्ला र भारतबाट समेत कामदार ल्याउने तर नगरलाई कुनै खबर नगर्ने गर्दा समुदायमा कोरोना पुगेको छ। केही सर्वसाधारणले आफू संक्रमित भएपछि पनि नगरलाई खबर वा अन्य मानिसलाई जानकारी नदिँदा संक्रमण बढेको छ। संक्रमितको सम्पर्कमा जाने परीक्षण नगराउने, गरिहाले पनि खबर कतै नगरी गोप्य राख्ने कार्य पनि भएको नगरको अनुगमनमा पाइयो।

मास्कको प्रयोग र सामाजिक दुरी कार्यान्वयनमा कडाइ
नगरले मास्क लगाउने र सामाजिक दुरी कायम गर्ने कुरालाई कडाका साथ लागू गरेको छ। त्यस्तै नगरले बाहिर निस्कने र भेला हुन रोक लगाउने निर्णय पनि गरेको छ। नगरपालिकाले साउन २९ गते लकडाउन गरिरहेको छ। भदौ ३ गते तीन बुँदे सूचना जारी गर्दै भदौ ४ गतेदेखि ७ गतेसम्म केही क्षेत्रलाई निषेधित क्षेत्र बनाइयो। बुटवलको पुरानो बसपार्कमा रहेको तरकारी बजारमा व्यापक भिडभाड भएको, लुम्बिनी प्रादेशिक अस्पतालदेखि चिनाउपुलसम्म र सब्जीमण्डीदेखि न्यू ईरा होटलसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। सब्जीमण्डीबाट थोक मात्र बिक्री गर्न पाउने र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी आवश्यक सावधानी अपाउन आग्रह गरिएको छ।

(बुटवलका मेयर सुवेदीसँग नेपाल लाइभकर्मी दुर्गा दुलालले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एक गोल र दुई असिस्ट गर्दै बिदा भए मेसी
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एक गोल र दुई असिस्ट गर्दै बिदा भए मेसी बुधबार, असोज २१, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ? बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला बुधबार, असोज २१, २०८३
कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक बुधबार, असोज २१, २०८३
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्