काठमाडौं- नेपालमा गत २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
झापा, पर्सा र सर्लाहीका एक-एक जना कोरोना संक्रमितको विगत २४ घण्टामा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
पछिल्लो २४ घन्टामा नेपालमा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ९३५ जना पुगेको छ।
काठमाडौं उपत्यकामा आइबार १६६ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घन्टामा काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
हाल १३ हजार १५५ जना सक्रिय संक्रमित छन् भने ९ हजार २१२ जना संस्थागत आइसोलेनमा छन्। आइतबार ३ हजार ९४३ होम आइसेलनमा छन्।
२४ घण्टायता ८ हजार २६ जनाको पिसिआर परीक्षण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।