• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

निशानामा अस्पताल, 'अचानो'मा स्वास्थ्यकर्मी

64x64
दुर्गा दुलाल आइतबार, भदौ ७, २०७७  ०६:१५
1140x725

काठमाडौं- भदौ ५ गते संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन तोडफोड  भयो। तोडफोड गर्ने समूहले स्वास्थ्य सामग्रीसमेत चोरी गरे। खाँदबारी नगरपालिका–७  नयाँ बजारमा रहेको हिमालय किरण क्याम्पसमा जिल्ला अस्पतालले आइसोलेसन निर्माण  गरिएको थियो। आइसोलेसनमा तोडफोड गरी स्वास्थ्य सामग्री चोरी भएको संखुवासभा जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा सुन्दरश्याम झाले बताए। 

आइसोलेसनबाट झन्डै १५ लाख रुपैयाँ बराबरको सामग्री चोरी भयो। नचिनेको मानिसको समूहले अक्सिजन मेसिन, सक्सन मेसिन, ७० थान पिपिई सेट, प्यासेन्ट मनिटर, अक्सिजन डिभाइडरलगायतका सामग्री चोरेर लगेको उनको भनाइ छ। 

गत सोमबार धर्मदेवी नगरपालिका-४ पिलुवाखोलामा रहेको क्वारेन्टाइनमा बसेका तीन जनामा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा ल्याएर उपचार गर्ने कुरामा स्थानीय र क्याम्पस प्रशासनले विरोध जनाए। लगत्तै एक जना पनि बिरामी पनि नराखेको र भर्खरमात्र निर्माण सकिएको आइसोलेसन सेन्टरमा तोडफोड गरियो। 

चोरी भएको दिन दिउँसो जिल्ला प्रशासनमा सर्वदलीय बैठक भएको थियो। स्थानीय सरकार, क्याम्पस प्रशासन र अस्पतालका प्रतिनिधि सहभागी भएको बैठकले जिल्ला अस्पतालको लगानीमा तयार भएको आइसोलेसनमा नै राखेर कोरोना संक्रमितको उपचार गर्नुपर्ने निर्णय गरेको मेसु झाले बताए। बैठकमा  स्थानीय  केही व्यक्ति र क्याम्पस प्रशासनले विरोध जनाएका थिए। तर त्यही राति आइसोलेसनमा तोडफोड र स्वास्थ्य सामग्री हराएको हो। 

तोडफोड गर्नेको र चोरी गर्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसरी तोडफोट भएपछि जिल्ला अस्पतालले भने सोही आइसोलेन सेन्टरमा बिरामी राख्न थालेको झाले बताए। अहिले धर्मदेवी नगरपालिका-४ का ३४ वर्षीय पुरुष, चैनपुर नगरपालिका-११ का २४ वर्षीय पुरुष र जिल्ला प्रहरी कार्यालयमा कार्यरत २२ वर्षीय पुरुषलाई क्याम्पसको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको मेसु झाले बताए।  

000

कोरोना संक्रमित र अन्य बिरामीको उपचार गरिरहेको नारायणी अस्पतालमा साउन २५ गते एक समूहले आक्रमण गर्‍यो।  गम्भीर बिरामी एकजना युवतीलाई उपचार गर्न अस्पतालले नमानेकाले ज्यान गएको आरोपमा उनका आफन्तहरूले वीरगञ्जस्थित नारायणी अस्पतालमा तोडफोड गरेका थिए। नारायाणी अस्पतालमा कोरोनाको बिरामी रहेको र अन्य निजी अस्पतालले उपचार गर्न नमानेका कारण मृत्यु भएको उनीहरूको आरोप थियो।

सरकारले यो अस्पताललाई पनि कोभिड अस्पतालमा रुपान्तरण गर्ने निर्णय गरेपछि सर्वसाधारणको आक्रोश चुलिएको थियो। अन्य रोगका बिरामीलाई निजी अस्पतालले उपचार गर्न नमानेको अवस्थामा नारायणी अस्पताललाई जनरल अस्पताल कायमै गर्नुपर्ने माग गरिएको थियो। वीरगञ्जमा सञ्चालित नेसनल मेडिकल कलेजसहित कुनै अस्पतालले पनि ज्वरो आएका बिरामीसमेतको उपचार गर्न नमानेपछि सर्वसाधारणले नारायणी अस्पताललाई जनरलमा परिणत गर्नुपर्ने दबाब दिँदै आएका थिए। 

Ncell 2
Ncell 2

वीरगञ्ज-२ की २० वर्षीया युवतीको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि अस्पतालहरूले उपचार गर्न मानेनन्। निजी अस्पतालले उपचार गर्न अस्वीकार गरेको अवस्थामा सरकारी अस्पताललाई जनरल बनाउन सकेमा अन्य रोगका बिरामीले यसरी मर्नु नपर्ने उनीहरुको तर्क थियो। 

ती युवतीको मृत्युपछि आक्रोशित समूहले  नारायणी अस्पतालमा तोडफोड गरेपछि अस्पतालका तत्कालीन  सुपरिटेन्डेन्ट डा मदन उपाध्यायको गाडीसमेत तोडफोड भएको थियो। उक्त समूहले कोभिड-१९ को स्वाब संकलन गर्ने बुथ र सेनिटाइज गर्ने मेसिन पनि तोडफोड गरेका छन्। उनीहरुले अस्पतालमा राखिएका अन्य सामाग्रीमा पनि क्षति पुर्‍याएका थिए। 

निजी अस्पतालले नलिएपछि नारायणी अस्पतालले व्यवस्थापन गरिरहेको गण्डक कोभिड अस्पतालमा उनको उपचार सुरु गरिएको थियो। तर उपचारका क्रममा नै उनको मृत्युपछि उनका आफन्तहरू आक्रोशित बनेका हुन्। 

000

साउन २९ गते बाराको कलैया उपमहानगरपालिका-३ गंगापुरमा रहेको अस्थायी कोरोना अस्पतालमा बिहानै तोडफोडको प्रयास भयो। पचरौता नगरपालिकाबाट आएका कोरोना संक्रमितहरूले परीक्षणको रिपोर्ट समयमै उपलब्ध नगराएको भन्दै  अस्पतालमा तोडफोडको प्रयास गरेका थिए।

संक्रमितहरूले अस्पतालभित्र होहल्ला गरेर तोडफोडको प्रयास गरेपछि तत्कालै सुरक्षाकर्मी पुगेका थिए। अस्पतालमा कोरोना संक्रमित पनि भएकाले उनीहरूलाई नियन्त्रणमा सहज थिएन। त्यसैले प्रहरीले उनीहरुलाई सम्झाएर राखेको थियो।  

कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट वीरेन्द्र मण्डलका अनुसार ५/७ जनाको समूहमा रहेको कोरोना संक्रमितहरुले अस्पतालभित्र रहेको आइसोलेसन वार्डमा अनावश्यक बहाना बनाएर तोडफोडमा उत्रेएका हुन्। समयमै प्रहरी आइपुगेपछि क्षति हुन पाएन।  

000

बैसाख १५ गते चितवनको भरतपुरमा स्थापना गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा कर्मचारीहरूले नै समान चोरी गरेको आरोप लाग्यो। अस्पतालमा कार्यरत कर्मचारीहरूले रातको समयमा अस्पतालमा सामान चोरी गरेको भिडियो अस्पतालले नै सार्वजनिक गर्‍यो। 

कोरोना संक्रमितका लागि भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालमा कार्यरत कर्मचारीले सामान रातको समयमा पोको पारेर लगेको भिडियो बाहिरिएपछि अस्पतालले छानबिन समितिसमेत बनाएको थियो। अस्पतालभित्र रहेको पङ्खा, मास्क, स्यानिटाइजर, मोनिटर स्क्रिन, बेगन, चप्पल, ग्लु स्टिक, साबुनलगायतका सामान चोरी गरेको आरोप लागेको थियो। 

भरतपुर महाननगरपालिकाले बनाएको यो अस्पताल गएको चैत २१ गते भरतपुर अस्पतालको मातहतमा चलाउने निर्णयसहितको सम्झौता भएको थियो। वैशाख १ गते दिउँसो मात्र भरतपुर अस्पतालले सामानको विवरण बुझेको थियो। रातको समयमा अस्पतालबाट कर्मचारीले नै सामान बाहिर लागेको भिडियो बाहिर आएपछि यो विषयमा छलफल गर्न कोरोना अस्पताल कार्यदलको बैठकमा एक समिति बनाउन माग उठेको थियो। समिति पनि गठन भएको थियो। उद्योग वाणिज्य संघका अध्यक्ष राजु पौडेललाई संयोजक बनाइयो। समितिले रिर्पोट बुझाउन नपाउँदै असार २ गते अस्पताल नै बन्द गरियो। 

000

शनिबार मात्रै निजामती कर्मचारी (सिभिल) अस्पतालका स्वास्थ्यकर्मीलाई आफ्नो टोलमा क्वारेन्टाइनमा राखेको भन्दै काठमाडौं महानगरपालिका वडा नं ३१ मध्यबानेश्वरका स्थानीयले हुलहुज्जत गरेका छन्। अस्पतालका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन बनाएर आफ्नो टोलमा राखेको भन्दै उनीहरुले हुलहुज्जत गरेका हुन्। 

अस्पतालले जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयनमा मध्य-बानेश्वर मिलनचोकमा रहेको एक होस्टलमा आफ्ना २५/३० जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेको थियो। त्यहाँ क्वारेन्टाइनमा भएका कुनै पनि कर्मचारी कोरोना संक्रमित नभएको अस्पतालका निर्देशक डा दीर्घराज आरसीले बताए। 

अस्पतालमा ड्युटी गर्न सजिलो र नजिक हुने भएकाले उनीहरुलाई मध्य बानेश्वरको एक होस्टेलमा क्वारेन्टाइनमा राखिएको उनले बताए। स्थानीयले अनावश्यक रुपमा विरोध गर्दा स्वास्थ्यकर्मीलाई मानसिक तनाव हुने उनले बताएका छन्। 

‘उहाँहरुलाई घर जान अप्ठ्यारो हुने भएकाले अस्पताल नजिकैको ठाउँमा हामीले क्वारेन्टाइनको व्यवस्था मिलाएका हौं। उहाँहरु कोही पनि संक्रमित हुनु हुन्न। तर स्थानीयले बुझ्दै नबुझी विरोध गरे,’ उनले भने। 

स्थानीयको विरोधले स्वास्थ्यकर्मीहरुकौ मनोबल र हौसलामा कमी आउने उनले बताए। स्थानीयले सधै विरोध मात्र गरे कोरोनाको नियन्त्रण र उपचारमा प्रभाव पर्ने उनको भनाई छ।

‘भोलि उहाँहरु बिरामी भए कसले उपचार गर्ने? हौसला दिनुपर्ने बेलामा यसरी विरोध मात्र गर्ने हो भने कोरोनाको उपचार र नियन्त्रण कसरी हुन्छ?,’ उनले भने। 

स्थानीयको विरोधपछि अस्पतालले जिल्ला प्रशासन काठमाडौंलाई समन्वय गरिदिन आग्रह समेत गरेको थियो। हाल भने त्यहाँ अवस्था सामान्य रहेको निर्देशक आरसीले जानकारी दिए। स्थानीयले अवरोध गरेपछि अस्पतालले आवश्यक समन्वय गर्न वडा नम्बर ३१ का अध्यक्षलाई पत्र समेत लेखेको छ। 

यी केही प्रतिनिधि घटनामात्र हुन्। यसबाहेक चिकित्सकमाथि आक्रमण हुने र अस्पताल तोडफोड हुने सहित दुर्व्यवहार हुने घटना भइरहेका छन्। कोरोना संक्रमितहरुमाथि पनि दुर्व्यवहार, परिवारमाथि हिंसा लगायतका घटना बढेका छन्। कोरोना संक्रमितको उपचारमा खटिएका  स्वास्थ्यकर्मीहरुलाई घरभित्र प्रवेश गर्न नदिनेजस्ता कार्य भइरहेका छन्। 

अचानोमा  स्वास्थ्यकर्मी 
क्वारेनटाइनमा दुर्व्यवहार, संक्रमितको उपचारमा वेवास्ता, अन्य रोगका मानिसले उपचार गर्न विभिन्न अस्पताल धाउँदा पनि उपचार नपाउने अवस्थाका कारण धेरै समस्या भइरहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले बताए। उनका अनुसार सधैं स्वास्थ्यकर्मी नै दोहोरो मार परिरहेका छन्।

‘डा र नर्सहरु अचानोझै भएका छन्,’ अध्यक्ष कार्कीले भने, ‘उपचार नगर्ने निर्णय अस्पताल प्रशासनले गर्छ। गम्भीर बिरामी अस्पताल पुग्छन्। बिरामीको मृत्यु भयो भने डाक्टरको लापरबाही भनेर आक्रमण हुन्छ।’  

त्रिवि शिक्षण अस्पतालमा प्रहरीनै डाक्टरमाथि कुटपिटमा उत्रिएको घटना, वीरगञ्जमा डाक्टरहरूमाथि कालो मोसो दलिएको र भर्खरै चितवनमा डाक्टरकै घरमै जनप्रतिनिधिले संक्रमितको घर भनी ब्यानर टाँसेको घटना दुर्व्यवहारको प्रतिनिधि घटना मात्र भएको उनको तर्क छ। 

कोरोना महामारीपछि स्वास्थ्यकर्मी तीन प्रकारको पिडामा रहेको उनको तर्क छ। 'यसअघि हुने आक्रमण अहिले पनि निरन्तर छन्। कोभिड महामारी सुरु भएपछि एकपछि अर्को अस्पताल लैजाँदा पनि बिरामीले भर्ना लिँदैन। तर त्यसको दोष पनि स्वास्थ्यकर्मीले लिनु परेको छ। कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई अहिले घरभित्र छिर्न नदिनेदेखि परै बस्नेसम्मका व्यवहार हुन थालेका छन्।' 

अस्पतालले उपचार गर्ने विषयमा तीनै तहका सरकारले निर्णय गर्ने भएपनि डाक्टरले दोष खेपिरहनु परेको छ डा कार्कीको भनाइ छ। 'सरोकार नै नभएको अवस्थामा पनि स्वास्थ्यकर्मी मुछिनु परेको छ। दुर्व्यवहारको पहिलो शिकार हुने गरेका छन्,’ उनल गुनासो गरे। अहिले कतिपय स्थान र मानिसले डा र नर्स भन्ने बित्तिकै कोरोना सार्न हो कि भनेर शंकाले हेर्ने गरेको उनको अनुभव छ। सार्वजनिक सञ्चारमाध्यमले यस्ता धेरै घटना बाहिर ल्याएकाले केही कमी भएपनि दुर्व्यवहार भने नरोकिएको उनले बताए। कतिजना स्वास्थ्यकर्मीलाई त घर सर्न दबाब पनि आइरहेको उनले बताए।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्दै काँग्रेस मंगलबार, माघ १३, २०८२
राष्ट्रिय सभामा संसदीय समितिका दुईवटा प्रतिवेदन प्रस्तुत मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार सोमबार, माघ १२, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्