• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

‘हटस्पट’ चन्द्रागिरि : अधिकांश कोरोना संक्रमित प्रभावित क्षेत्रबाट आएका

64x64
नेपाल लाइभ आइतबार, भदौ ७, २०७७  १३:५०
1140x725

काठमाडौं- बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका प्रवेशको मुख्य नाका समेत रहेको चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमणले भयावह रुप लिन थालेको छ। 

नगरपालिकाका अधिकांश संक्रमितहरु प्रभावित क्षेत्रबाट आएका व्यक्तिहरू भएको नगर प्रमुख (मेयर) घनश्याम गिरिले बताए। ‘हाम्रोे नगरपालिकामा अधिकांश प्रभावित जिल्लाबाट आएकाहरुमा कोरोना देखिएको छ, विस्तारै उनीहरुका परिवार र सम्पर्कमा आएका व्यक्तिहरुमा समेत कोरोना देखिन थालेको छ’ मेयर गिरिले नेपाल लाइभसँग भने। 

६० जनामा कोरोना संक्रमण 
शनिबारसम्म प्रभावित जिल्लाबाट आएका तथा उनीहरुका परिवार र सम्पर्कमा आएका ६० जना नगरबासीहरुमा कोरोना पुष्टि भएको नगरपालिकाले जनाएको छ। 

आइतबारको तथ्यांक प्राप्त नभएको बताइएको छ। संक्रमितको सम्पर्कमा आएका नगरपालिकाका ४ जना स्वास्थ्यकर्मीहरुमा समेत कोरोना देखिएको मेयर गिरिले बताए। 

‘फ्रन्टलाइनमा खटिएका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि हामीले उनीहरुको सम्पर्कमा आएका व्यक्ति तथा परिवारको कोरोना परीक्षण गराएका थियौं’ मेयर गिरिले भने, ‘सम्पर्कमा आएका अन्य व्यक्तिहरुको पिसिआर रिपोर्ट नेगेटिभ देखियो भने परिवारका सदस्यहरुमा कोरोना पोजिटिभ देखियो।’

प्रभावित जिल्लाबाट आएकाहरुमार्फत् बिस्तारै समुदायमा कोरोना फैलन सुरु गरेसँगै कन्ट्याक्ट ट्रेसिङ तथा पिसिआरको दायरालाई फराकिलो बनाइएको नगरपालिकाले जनाएको छ। 

फ्रन्ट लाइनमा खट्ने व्यापारी, सरसफाइको काम गर्ने कर्मचारी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको क्रमशः कोरोना परीक्षण गराउँदै लैजाने योजना बनाएको मेयर गिरिले बताए।

४ वटा वडामा कोरोना संक्रमण बढी 
नगरपालिकाका वडा नम्बर ११, १२, १३ र १४ मा कोरोना संक्रमण अन्यको तुलनामा बढी देखिएको छ। बाहिरी जिल्लाका मानिसहरू कोठाभाडामा बस्ने नगरपालिकाका स्थानमा कोरोना संक्रमण फैलिएको मेयर घनश्याम गिरिले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘बाहिरी जिल्लाबाट आएर कोठा भाडामा बसेका वडा तथा अलि बढी चहलपहल हुने स्थानमा कोरोना देखिएको छ’ मेयर गिरिले भने। 

कोरोना संक्रमितका लागि नगरपालिकामा दुई अस्पताल
कोरोना उपचारका लागि नगरपालिकाका दुईवटा अस्पताल छन्। बलम्बुस्थित एपिएफ अस्पताल र दहचोकस्थित मनमोहन अस्मापतालले कोरोना संक्रमितहरुका लागि सेवा प्रदान गर्दै आएका छन्। 

‘मनमोहन अस्पतालमा साढे ३ सयदेखि ५ सयसम्म आइसोलेसन बेड क्षमता छ। एपिएफ अस्पतालमा साढे २ सय बेड छन्’ मेयर गिरि भन्छन्, ‘भनेपछि हामीसँग ७ सयभन्दा बढी बेड नगरपालिकामा आइसोलेसनका लागि छ।’ 

यी दुवै अस्पतालमा नगरबासीहरुलाई पहिलो प्राथमिकता दिनेगरी नगरपालिकासँग सहमति भएको बताइएको छ। हालसम्म आइसोलेसन बेडको अभाव नगरपालिकामा नभएको नगरपालिकाका मेयर घनश्याम गिरिले बताए। संक्रमितको चाप बढ्दै गएमा थप आइसोलेसन सेन्टर सञ्चालन गर्ने योजना समेत नगरपालिकाले बनाएको उनले बताए। 

Xtrem

Xtrem

होम आइसोलेसनलाई विशेष प्राथमिकता 
नगरपालिकाले होम आइसोलेसनलाई विशेष प्राथमिकतामा राखेको छ। 

संक्रमितको अवस्था जटिल बन्दै गएमा तथा होम आइसोलेसनमा बस्ने वातावरण नभएमात्र संक्रमितहरुलाई अस्पताल पुर्‍याइने व्यवस्था गरिएको छ। 

मेयर घनश्याम गिरि भन्छन्, ‘संक्रमितहरुको अवस्था जटिल भएमा मात्रै हामी उहाँहरुलाई अस्पताल लैजान्छौं। होइन भने होम आइसोलेसनमा नै बस्न भनेका छौं। होम आइसोलेसनमा बस्न सम्भव नभएका तथा अस्पताल बस्नुनपर्नेहरुका लागि होटल समेत व्यवस्था गरिएको छ।’

हालसम्म सबैजसो बिरामीको अवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ। जटिल अवस्था भएर आइसियुमै लैजानुपर्ने अवस्था पनि कसैको नभएको मेयर गिरिले जानकारी दिए। 

कोरोना रोकथाममा साढे २ करोड खर्च 
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सक्दो पहल गरिएको नगरपालिकाले जनाएको छ। 

साढे २ करोडभन्दा बढी रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको मेयर घनश्याम गिरिले बताए। 

‘हामीले निश्चित योजना तथा कार्यक्रममा छुट्याएको बजेटको रकमलाई नै कोरोना रोकथाम तथा नियन्त्रणका लागि डाइभर्ट गर्नुपरेको अवस्था छ’ उनले भने, ‘नगरपालिकाको आफ्नो आन्तरिक स्रोतबाट साढे २ करोडभन्दा बढी रकम कोभिड नियन्त्रणका लागि खर्च भइसकेको छ।’ 

क्षमताले भ्याएसम्म कोरोना नियन्त्रणका लागि काम गरिरहेको उनको भनाइ छ। 

हाल सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरिसकेको छ। नगरपालिका पूर्ण रुपमा सिल छ। अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन नगरबासीहरुलाई आग्रह गरिएको छ। खाद्यान्न, खानेपानी, ग्याँसलगायत अत्यावश्यक सामग्रीका पसल पनि बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न दिइएको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एक गोल र दुई असिस्ट गर्दै बिदा भए मेसी
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एक गोल र दुई असिस्ट गर्दै बिदा भए मेसी बुधबार, असोज २१, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ? बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला बुधबार, असोज २१, २०८३
कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक बुधबार, असोज २१, २०८३
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्