काठमाडौं- शनिबार देशभर १ सय ४७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्। १२ जना भेन्टिलेटरमा र १३५ जना संक्रमित आइसियूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा ५२ जना आइसियुमा र १२ जना भेन्टिलेटरमा रहेका छन्।
त्यस्तै प्रदेश २ मा ४६, प्रदेश ५ मा १६, गण्डकी प्रदेशमा ६ र प्रदेश १ मा १५ जना संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै शुक्रबार १ सय ४८ जना, बिहीबार १ सय ३६ जना, बुधबार १ सय ३७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत थिए।
केही दिनदेखि कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाँएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।