• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २८, २०८२ Sat, Jul 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
सुनसान सौराहामा हुर्कँदै पुष्पा
64x64
नेपाल लाइभ शनिबार, भदौ ६, २०७७  १५:४३
1140x725

चितवन- कोभिड–१९ को संक्रमण नहुँदो हो त यतिखेर चितवनको सौराहा आएका स्वदेशी र विदेशी पर्यटक पुष्पालाई हेर्न खुबै झुम्मिन्थे। उनको आमुनेसामुने बसेर सेल्फी लिन्थे, सुमसुम्याउँथे। अनि नजिकबाट पुष्पाको स्पर्श गरेर अनौठो अनुभूति सङ्गाल्थे। यसपालि त्यो अनुभूति लिने मौका कसैलाई जुरेको छैन। सौराहा सुनसान छ। चराचुरुङ्गीका चिरबिर र वन्यजन्तुका हुँकार बेलाबेलामा सुनिन्छ। सुनसान भएकाले निकुञ्जमा निर्बाध रुपमा घुमफिर गरेर रमाइरहेका छन् वन्यजन्तु।

राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा रहेकी पुष्पा अर्थात् दुर्लभ एकसिंङ्गे गैंडाको बच्चा (केटी) खुला चौरमा दैनिक डुल्छे। ऊ आफ्नै दुनियाँमा रमाइरहेकी छे। दिएको खानेकुरा खान्छे, नत्र कोषको सुनसान चौरमा सप्रेको घाँस टिप्न मग्न रहन्छे। केही समय लालबहादुर महतरासँग खेल्छे, रमाउँछे, सँगै नुहाउँछे। इसारामै कुरा गर्छे। महतरा जहाँ गयो पछि लागेर हैरान पार्छे।

पछि नलागोस् पनि कसरी। आँखा खोलेको केही दिनपछि उसकी आमा बेखबर भइन्। जन्मेको दुधे बालख पुष्पा जङ्गलमा केही रात एक्लै परिन्। धन्न बाघबाट जोगिइछ। पुष्पाका लागि अहिले कोषका वन्यजन्तु प्राविधिक महतरा आमाको भूमिकामा छन्। खाना दिने, दूध पिलाउने र उसको हेरचाह गर्नेमात्रै होइन पुष्पालाई दिनदिनै तेल लगाएर संरक्षण गर्ने गर्छन्। चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपुर क्षेत्रमा पर्ने तमसपुर पोष्टका कर्मचारीले माघको पहिलो साता सोही क्षेत्रको दबदबेमा एकसिङ्गे गैँडाको नवजात केटी फेला पारे।

जन्मेको केही दिनमात्रै भएको थियो। रातो कलिलो छाला भएको अवस्थाकी केटी थिई। केही दिन उनीहरुले बुझ्ने कोसिस गरे। प्रशव पीडामा रहेकी आमा बच्चा खोज्दै कतै भौँतारिरहेकी थिई होला। पक्कै आउँछे भन्ने विश्वासका साथ निकुञ्जका कर्मचारी केही दिन कुरेर बसे। शायद बाटो भुलेर होला। उनी फर्किइनन्।

स्वास्थ्य अवस्था नाजुक हुँदै जाँदासमेत माउ फर्केर नआएपछि उनीहरुले निकुञ्जमा खबर गरे। आमा नआएपछि संरक्षण गर्न निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले गत माघ ५ गते पुष्पालाई बाध्यतावश उद्धार गर्नुपरेको कोषका प्रवक्ता तथा संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए।

कलिलो अवस्थामा आमाले छाडेकी पुष्पा निक्कै कमजोर थिई। बिस्तारै पशु चिकित्सकको निगरानीमा आवश्यक पोषण तत्वसहितको खानेकुरा दिएपछि छिट्टै तङ्ग्रिएको अनुभव सुनाउछन् भट्टराई।

कोषका पशु चिकित्सक डा अमिर सडौला भन्छन्, ‘कलिलो छालासमेत रातै अवस्थामा भेटिएकी थिई, अहिले भने भरभराउँदी छे।’ उनका अनुसार हिलोको दलदलमा फसेकी थिई पुष्पा। आमासँग हिँड्दै गर्दा दलदलमा फसेर छुट्न गई। त्यसपछि वन्यजन्तु प्राविधिकले आमा आउँछ कि भनेर रातदिन कुरेर बसे। आमा नआएपछि उद्धार गरिएको थियो।

डा सडौलाले नै केटीको नाम जुराएका हुन्। ‘सुरुमा ल्याउँदा छाला पनि नरम रातो थियो, फक्रिन लागेको फूलजस्तै थिई,’ उनले थपे, ‘फूलहरु कोपिलामा कस्तो देखिन्छ त्यस्तै थियो उसको अवस्था, त्यही भएर नाम ‘पुष्पा’ नाम भनेर राखेको हुँ।’

Ncell 2
Ncell 2

अहिले पुष्पा ८ महिनाकी भई। वन्यजन्तु प्राविधिक लालबहादुर महतरा उसको रेखदेखमा खटिन्छन्। घाइते भए औषधि लगाउने, उपचारमा सहयोग गर्ने काम गर्ने गर्छन्।

माघ ५ गते सौराहा ल्याइएकी पुष्पालाई महतराले दैनिक तेल लगाएर हुर्काएका हुन्। ‘छोराछोरीलाई जसरी पालेर राखेको छु, सात महिनामा यसले १ लाख २० हजारको त दूधमात्रै खाइसक्यो, महतराले पुष्पालाई सुमसुम्याउँदै भने, ‘यो केटी मैले जहाँ बोलायो उतै आउँछे।’ उनले पुष्पालाई दिनमा तीनपटक नुहाइदिन्छन्। दूध, गाजर, केरा र फलफूल दैनिक खुवाइन्छ। नियमित घाँस खान थालेपछि भने पाल्न अलि सजिलो भएको छ।

पुष्पा आएको केही महिनापछि नै अर्काे एउटा केटो ल्याइएको थियो। त्यो अलि ठूलो भएकाले निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत अर्ना राखिएको खुला खोर (इन्क्लोजर) मा लगेर राखिएको छ। पहिले अर्ना देख्दा ऊ तर्सने र ऊ देख्दा अर्ना तर्सन्थ्यो। अहिले मिलेर हिँड्न र अर्नासँगै खेल्न थालेको छ।

बेलसर नजिकै बरण्डाभार क्षेत्रको वनमा एक्कासि माउ मर्‍यो। टिकौलीको विसहजारी तालभन्दा दक्षिणमा शोकमा आमाको लास कुरेर बसिरहेको थियो केटो। सुरक्षामा खटिएको नेपाली सेनाले देखेर खबर गरेपछि उद्धार गरिएको हो। अहिले केटोलाई प्राकृतिक बासस्थानमा घुलमिल गराउन निकुञ्जको इन्क्लोजरमा लगेर राखिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले बताए।
 
धेरै उद्धार गरिए केटाकेटी
यसअघि पनि यस्ता दर्जनौँ गैँडाका बच्चा (केटाकेटी) को उद्धार गरेर यहाँ संरक्षणमा राखिएको थियो। कतिपय संरक्षणमा रहँदारहँदै मरे। कतिपय हुर्किएर जङ्गलमा छाडिए। यहाँबाट केटाकेटी मात्रै होइन धेरै वन्यजन्तु तथा चराचुरुङ्गीले नयाँ जीवन पाएका छन्।
 
उद्धार गरिएका वन्यजन्तुहरु उपचार सफल भएर जङ्गलमा पुनः स्थापित गरिएको छ। कैयौँ प्रयास गर्दा पनि केही बाँचेन। त्यस्तै दुःखद घटना विसं २०७४ मा भयो। विसं २०७३ को बाढीले बगाएर एक्लो अवस्थामा फेला परेको मयूरे (गैँडाको केटो) मानिससँग खुबै लहसिने र खेल्ने गर्दथ्यो। सबैको प्यारो थियो मयूरे। ऊसँग सौराहामा आएका पर्यटक सेल्फी लिएर झुम्मिन्थे। राम्ररी हुर्कँदै थियो। कुनै समस्या थिएन।
 
विसं २०७४ साउन २८ गते आएको बाढीको डुबानमा परेपछि ‘मयूरे’लाई रोग लाग्यो। त्यसको दुई महिनापछि मयूरेले प्राण त्याग गर्‍यो। कैयौँ कोसिस गर्दा पनि बचाउन सकिएन। त्यही वर्षमात्रै चार केटोले ज्यान गुमाएका थिए।
 
व्यवस्थित वन्यजन्तु अस्पताल नभएको, दक्ष जनशक्तिको अभाव र अनुसन्धानको काम प्रभावकारी नहुँदा घाइते तथा उद्धार गरिएका वन्यजन्तुको उपचारमा समस्या हुँदै आएको छ तर पनि निकुञ्ज र कोषको प्रयासमा धेरै वन्यजन्तुको ज्यान जोगिएको छ। अहिले ३,४ वर्षका तीन गैँडाले सौराहा डुल्ने गरेको छ। त्यसमध्ये पश्चिम चितवनको मेघौलीबाट अलपत्र अवस्थामा उद्धार गरिएको गैँडा औधि सौराहा डुल्छ।

कोषका प्रमुख अर्यालका अनुसार गत वर्ष मात्रै विभिन्न क्षेत्रबाट यसरी ११ गैँडाको उद्धार गरिएको छ। चितुवा १३ हजार १०० भन्दा बढी अजिङ्गर र सर्प उद्धार गरिएको छ। चित्तललगायत विभिन्न वन्यजन्तु तर चराचुरुङ्गी उद्धारको त लेखाजोखा नै छैन।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनचाहनाअनुसार दलहले नीति र नेतृत्व निर्माण गर्नु अहिलेको आवश्यकता हो : सभामुख घिमिरे
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ
एमाले अहिले पनि नौजवान पार्टी हो : भट्टराई
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
जनचाहनाअनुसार दलहले नीति र नेतृत्व निर्माण गर्नु अहिलेको आवश्यकता हो : सभामुख घिमिरे शनिबार, असार २८, २०८२
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, असार २८, २०८२
एमाले अहिले पनि नौजवान पार्टी हो : भट्टराई शनिबार, असार २८, २०८२
गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद शनिबार, असार २८, २०८२
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्