• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १, २०८३ Tue, Apr 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सुनसान सौराहामा हुर्कँदै पुष्पा

64x64
नेपाल लाइभ शनिबार, भदौ ६, २०७७  १५:४३
1140x725

चितवन- कोभिड–१९ को संक्रमण नहुँदो हो त यतिखेर चितवनको सौराहा आएका स्वदेशी र विदेशी पर्यटक पुष्पालाई हेर्न खुबै झुम्मिन्थे। उनको आमुनेसामुने बसेर सेल्फी लिन्थे, सुमसुम्याउँथे। अनि नजिकबाट पुष्पाको स्पर्श गरेर अनौठो अनुभूति सङ्गाल्थे। यसपालि त्यो अनुभूति लिने मौका कसैलाई जुरेको छैन। सौराहा सुनसान छ। चराचुरुङ्गीका चिरबिर र वन्यजन्तुका हुँकार बेलाबेलामा सुनिन्छ। सुनसान भएकाले निकुञ्जमा निर्बाध रुपमा घुमफिर गरेर रमाइरहेका छन् वन्यजन्तु।

राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा रहेकी पुष्पा अर्थात् दुर्लभ एकसिंङ्गे गैंडाको बच्चा (केटी) खुला चौरमा दैनिक डुल्छे। ऊ आफ्नै दुनियाँमा रमाइरहेकी छे। दिएको खानेकुरा खान्छे, नत्र कोषको सुनसान चौरमा सप्रेको घाँस टिप्न मग्न रहन्छे। केही समय लालबहादुर महतरासँग खेल्छे, रमाउँछे, सँगै नुहाउँछे। इसारामै कुरा गर्छे। महतरा जहाँ गयो पछि लागेर हैरान पार्छे।

पछि नलागोस् पनि कसरी। आँखा खोलेको केही दिनपछि उसकी आमा बेखबर भइन्। जन्मेको दुधे बालख पुष्पा जङ्गलमा केही रात एक्लै परिन्। धन्न बाघबाट जोगिइछ। पुष्पाका लागि अहिले कोषका वन्यजन्तु प्राविधिक महतरा आमाको भूमिकामा छन्। खाना दिने, दूध पिलाउने र उसको हेरचाह गर्नेमात्रै होइन पुष्पालाई दिनदिनै तेल लगाएर संरक्षण गर्ने गर्छन्। चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपुर क्षेत्रमा पर्ने तमसपुर पोष्टका कर्मचारीले माघको पहिलो साता सोही क्षेत्रको दबदबेमा एकसिङ्गे गैँडाको नवजात केटी फेला पारे।

जन्मेको केही दिनमात्रै भएको थियो। रातो कलिलो छाला भएको अवस्थाकी केटी थिई। केही दिन उनीहरुले बुझ्ने कोसिस गरे। प्रशव पीडामा रहेकी आमा बच्चा खोज्दै कतै भौँतारिरहेकी थिई होला। पक्कै आउँछे भन्ने विश्वासका साथ निकुञ्जका कर्मचारी केही दिन कुरेर बसे। शायद बाटो भुलेर होला। उनी फर्किइनन्।

स्वास्थ्य अवस्था नाजुक हुँदै जाँदासमेत माउ फर्केर नआएपछि उनीहरुले निकुञ्जमा खबर गरे। आमा नआएपछि संरक्षण गर्न निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले गत माघ ५ गते पुष्पालाई बाध्यतावश उद्धार गर्नुपरेको कोषका प्रवक्ता तथा संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए।

कलिलो अवस्थामा आमाले छाडेकी पुष्पा निक्कै कमजोर थिई। बिस्तारै पशु चिकित्सकको निगरानीमा आवश्यक पोषण तत्वसहितको खानेकुरा दिएपछि छिट्टै तङ्ग्रिएको अनुभव सुनाउछन् भट्टराई।

कोषका पशु चिकित्सक डा अमिर सडौला भन्छन्, ‘कलिलो छालासमेत रातै अवस्थामा भेटिएकी थिई, अहिले भने भरभराउँदी छे।’ उनका अनुसार हिलोको दलदलमा फसेकी थिई पुष्पा। आमासँग हिँड्दै गर्दा दलदलमा फसेर छुट्न गई। त्यसपछि वन्यजन्तु प्राविधिकले आमा आउँछ कि भनेर रातदिन कुरेर बसे। आमा नआएपछि उद्धार गरिएको थियो।

डा सडौलाले नै केटीको नाम जुराएका हुन्। ‘सुरुमा ल्याउँदा छाला पनि नरम रातो थियो, फक्रिन लागेको फूलजस्तै थिई,’ उनले थपे, ‘फूलहरु कोपिलामा कस्तो देखिन्छ त्यस्तै थियो उसको अवस्था, त्यही भएर नाम ‘पुष्पा’ नाम भनेर राखेको हुँ।’

nimb
nimb
Ncell 2
Ncell 2

अहिले पुष्पा ८ महिनाकी भई। वन्यजन्तु प्राविधिक लालबहादुर महतरा उसको रेखदेखमा खटिन्छन्। घाइते भए औषधि लगाउने, उपचारमा सहयोग गर्ने काम गर्ने गर्छन्।

माघ ५ गते सौराहा ल्याइएकी पुष्पालाई महतराले दैनिक तेल लगाएर हुर्काएका हुन्। ‘छोराछोरीलाई जसरी पालेर राखेको छु, सात महिनामा यसले १ लाख २० हजारको त दूधमात्रै खाइसक्यो, महतराले पुष्पालाई सुमसुम्याउँदै भने, ‘यो केटी मैले जहाँ बोलायो उतै आउँछे।’ उनले पुष्पालाई दिनमा तीनपटक नुहाइदिन्छन्। दूध, गाजर, केरा र फलफूल दैनिक खुवाइन्छ। नियमित घाँस खान थालेपछि भने पाल्न अलि सजिलो भएको छ।

पुष्पा आएको केही महिनापछि नै अर्काे एउटा केटो ल्याइएको थियो। त्यो अलि ठूलो भएकाले निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत अर्ना राखिएको खुला खोर (इन्क्लोजर) मा लगेर राखिएको छ। पहिले अर्ना देख्दा ऊ तर्सने र ऊ देख्दा अर्ना तर्सन्थ्यो। अहिले मिलेर हिँड्न र अर्नासँगै खेल्न थालेको छ।

बेलसर नजिकै बरण्डाभार क्षेत्रको वनमा एक्कासि माउ मर्‍यो। टिकौलीको विसहजारी तालभन्दा दक्षिणमा शोकमा आमाको लास कुरेर बसिरहेको थियो केटो। सुरक्षामा खटिएको नेपाली सेनाले देखेर खबर गरेपछि उद्धार गरिएको हो। अहिले केटोलाई प्राकृतिक बासस्थानमा घुलमिल गराउन निकुञ्जको इन्क्लोजरमा लगेर राखिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले बताए।
 
धेरै उद्धार गरिए केटाकेटी
यसअघि पनि यस्ता दर्जनौँ गैँडाका बच्चा (केटाकेटी) को उद्धार गरेर यहाँ संरक्षणमा राखिएको थियो। कतिपय संरक्षणमा रहँदारहँदै मरे। कतिपय हुर्किएर जङ्गलमा छाडिए। यहाँबाट केटाकेटी मात्रै होइन धेरै वन्यजन्तु तथा चराचुरुङ्गीले नयाँ जीवन पाएका छन्।
 
उद्धार गरिएका वन्यजन्तुहरु उपचार सफल भएर जङ्गलमा पुनः स्थापित गरिएको छ। कैयौँ प्रयास गर्दा पनि केही बाँचेन। त्यस्तै दुःखद घटना विसं २०७४ मा भयो। विसं २०७३ को बाढीले बगाएर एक्लो अवस्थामा फेला परेको मयूरे (गैँडाको केटो) मानिससँग खुबै लहसिने र खेल्ने गर्दथ्यो। सबैको प्यारो थियो मयूरे। ऊसँग सौराहामा आएका पर्यटक सेल्फी लिएर झुम्मिन्थे। राम्ररी हुर्कँदै थियो। कुनै समस्या थिएन।
 
विसं २०७४ साउन २८ गते आएको बाढीको डुबानमा परेपछि ‘मयूरे’लाई रोग लाग्यो। त्यसको दुई महिनापछि मयूरेले प्राण त्याग गर्‍यो। कैयौँ कोसिस गर्दा पनि बचाउन सकिएन। त्यही वर्षमात्रै चार केटोले ज्यान गुमाएका थिए।
 
व्यवस्थित वन्यजन्तु अस्पताल नभएको, दक्ष जनशक्तिको अभाव र अनुसन्धानको काम प्रभावकारी नहुँदा घाइते तथा उद्धार गरिएका वन्यजन्तुको उपचारमा समस्या हुँदै आएको छ तर पनि निकुञ्ज र कोषको प्रयासमा धेरै वन्यजन्तुको ज्यान जोगिएको छ। अहिले ३,४ वर्षका तीन गैँडाले सौराहा डुल्ने गरेको छ। त्यसमध्ये पश्चिम चितवनको मेघौलीबाट अलपत्र अवस्थामा उद्धार गरिएको गैँडा औधि सौराहा डुल्छ।

कोषका प्रमुख अर्यालका अनुसार गत वर्ष मात्रै विभिन्न क्षेत्रबाट यसरी ११ गैँडाको उद्धार गरिएको छ। चितुवा १३ हजार १०० भन्दा बढी अजिङ्गर र सर्प उद्धार गरिएको छ। चित्तललगायत विभिन्न वन्यजन्तु तर चराचुरुङ्गी उद्धारको त लेखाजोखा नै छैन।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता मंगलबार, वैशाख १, २०८३
युवा आन्दोलनले राजनीतिक परिवर्तन सम्भव बनाएको पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी मंगलबार, वैशाख १, २०८३
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस् सोमबार, चैत ३०, २०८२
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी सोमबार, चैत ३०, २०८२
गृहमन्त्री भन्छन्– गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्