काठमाडौं– राष्ट्रपति बिद्यादेवी भण्डारीले भूकम्पपछिको पुर्ननिर्माणमा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएकी छिन्। महाभूकम्पनमा घाइते र पीडितहरुप्रति गहिरो माया रहेको भन्दै उनले भूकम्पले पुर्याएको क्षतीले आफुलाई दुःखी बनाएको बताएकी छिन्। ट्वीटमार्फत उनले यस्तो ध्यानाकर्षण गराएकी हुन्।
तीन साताअघिदेखि राष्ट्रपति ट्वीटरमा आबद्ध भएकी हुन्। उनले बालबालिका भर्नाका लागि सरकारले थालेको अभियानको प्रशंसा गर्दै पहिलो ट्वीट गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।