कैलाली-कैलालीमा वन मुद्दाका तीन जना दोषी ६ वर्षपछि पक्राउ परेका छन्। गौरीगंगा नगरपालिका वडा नम्वर ५ बस्ने ३२ बर्षीय हेमन्त साउँद, सोही ठाउँका ५३ बर्षीय सन्तबहादुर खप्तडी मगर र ३० बर्षीय दुर्गा भाटलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार २०७२ सालमा उनीहरुलाई एक लाख १३ हजार (जनही) जरिवाना तोकिएको थियो।
गौरीगंगा नगरपालिका ५ बाट पक्राउ गरी कैलाली जिल्ला अदालतमा पेश गरिएकोमा उनीहरु जरिवाना तिरेर छुटिसकेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।