सांकेतिक तस्बिर
चितवन-सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका ५ को ३ नम्वर पुलनजिक सुख्खा पहिरो खसेको हो।
पहिरो खसेसँगै सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। केही बेरमा पहिरो पन्छाउने काम सुरु हुने जनाइएको छ। पहिरो खसेसँगै अत्यावश्यक सवारी साधन रोकीएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।