• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २८, २०८२ Sat, Jul 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
स्वतन्त्रताको लडाइमा होमिएको एक परिवारको कथा
नोरा बेल्ब्लिडिया शुक्रबार, भदौ ५, २०७७  २१:२७
1140x725

एजेन्सी- सन् १९५६ मा फ्रेन्चहरूले मेरो हजुरबुवालाई गिरफ्तार गरे। स्वतन्त्रताका लागि अल्जेरियन युद्ध जारी थियो। ३० वर्षीय मेरो हजुरबुबा फ्रन्ट दे लिबरेसन नेसनल (एफएलएन) नामक राजनीतिक पार्टीबाट फ्रेन्च उपनिवेशवादका विरूद्ध लडिरहनुभएको थियो। त्यो समयमा प्रायः सबै नै कुनै न कुनै रूपमा त्यो युद्ध लडिरहेका थिए।

सधैंझैं त्यो दिन पनि उहाँ खाना खानका लागि घरमै बसिरहनुभएको थियो। 

अचानक प्रहरीले ढोका ढक्ढक्यायो। बसिरहनुभएको हजुरबुबालाई उठाएर हामीबाट कतै टाढा लगे। त्यसको चार महिनापछि मात्र उहाँ फर्किनुभयो। फर्कँदा उहाँको टाउकाको कपालभरि लिसो परेको थियो। ‘मेरा बबाले कहिल्यै पनि यो दर्दानक विषयमा बोल्नै चाहनुभएन’ बुबाका अनुसार हजुरबुवाले त्यो कुराको अनुभव किन विनिमय गर्न चाहनुभएन भन्ने थाहा पाउँदा हामी पनि छक्कै छौं।

तर बुबाले भने सधैं आफ्ना परिवारले भोगेका घटना आफूभन्दा सानालाई सुनाइरहनुहुन्छ मानौं यो कुनै पैत्तृक सम्पत्ति हो, जो आफ्नो सेखपछि आफूभन्दा सानालाई दिनुपर्छ।

Memories of Algeria/Nora Belblidia
नोराका हजुरबुबाका साथमा उनका बुबा र आन्टीहरू।

‘हरेक बिहान घरअघिको चौरमा फ्रेन्चले अघिल्लो दिन मारेका अल्जेरियनको लामबद्ध बनाएर राखिएको लाश नाघ्दै हिँडेको हिजोजस्तो लाग्छ’ हात झड्काउँदै बुबा सुनाउनुहुन्छ, ‘गोलीका छर्राले धुजा धुजा पारेका अर्धनग्न शरीर अहिले पनि उत्तिकै ताजा बनेर आँखा अगाडि आउँछन्। तर पनि म डराएको थिइनँ।’

उनीहरूले कसरी एक एक गरेर आफ्ना आफन्तहरूको ज्यान लिएका थिए भन्नेबारे उहाँ कतै नडगमगाई बताउनुहुन्छ। ‘एउटा देश स्वतन्त्र हुन कति कुरा गुमाउनुपर्दो रहेछ, हरेक घटनाले मलाई ती दिनमा लैजान्छन्’ बुबाले एकनाशले सुनाउनुभयो। 

बुबा ९ वर्षको हुँदा ८ वर्षको शसक्त क्रान्तिपछि सन् १९६२ मा अल्जेरिया स्वतन्त्र मुलुक भएको थियो। त्यसपछि यी सबै कहानीहरूसँगै जीवनको एउटा अर्को पाटोलाई संघाल्दै बुबा त्यहाँबाट पनि हिँड्नुभयो। सन् १९७५ मा छात्रवृत्ति पाएर अमेरिका आएको कुरा बताउनुहुन्छ। बुबाको सन् १९७६ मा ममीसँग भेट भएपछि उहाँहरू स्थायी रूपमा बस्नेगरी कहिले पनि फर्कनुभएन।

फ्रान्सेली विस्तारवादको १ सय ३२ वर्ष बितिसक्दा पनि अल्जेरियनको ठूलो समूदाय अशिक्षित नै थिए। भाषा र नैसर्गिक हकसँगै उनीहरूको पढ्न पाउने अधिकार पनि खोसिएको थियो, जसले पछिसम्म पनि जरो गाडि नै रह्यो।

Ncell 2
Ncell 2
Memories of Algeria/Nora Belblidia
हजुरबुबासँग नोरा।

एकदिन बुबाले मलाई सन् १९४६ ताकाको एउटा भिडियो पठाउनुभयो। अल्जियर्स शहरको भिडियो थियो त्यो। सादा भिडियो। त्यो भिडियोमा मेरो हजुरबुबाका प्रोफेसर मोन्सियर बेन सेनेब पनि समेटिएका रहेछन्। उनी आफ्ना विद्यार्थीसँग विद्यालय बाहिर बसिरहेका देखिन्थे। बीचमा केही झिलिक्क हजुरबुबालाई पनि देखेकी थिएँ मैले। उहाँले सिधै क्यामेरामा हेर्नुभएको थियो।

त्यो भिडियोलाई मैले अझै पनि जतनसाथ राखेकी छु। क्यामेरा र फिल्महरू त्यो समयमा सबैतिर उपलब्ध थिएन। फोटोग्राफरले बाटोमा हिँडिरहेका मानिसहरूको पोर्ट्रेट फोटो खिच्ने जमाना थियो। पछि फोटा धुलाउनका लागि पैसा तिरेर स्टुडियो जानुपर्ने हुन्थ्यो। एउटा पुरानो दराजमा मैले मेरो हजुरबुबाका केही पुराना, सादा तस्बिर भेट्टाएकी थिएँ।

Memories of Algeria/Nora Belblidia
सन् १९४० मा नोराका हजुरबुबा।

हरेक तस्बिरमा उस्तै चटक्क परेको कोट लगाएको, सडकछेउमा हिँड्दै गरेको देखिनुहुन्थ्यो। तस्बिरमा हजुरबुबाले क्यामेरातर्फ सिधै हेर्नुभएको थियो।

मैले अहिलेसम्म बिर्सिएको जमिनमा पाइला टेक्न अल्जेरिया जाँदैछु। त्यहाँ मेरो बुढो हजुरबुबा हुनुहुन्छ, जसले देशको स्वतन्त्रताका लागि आफ्नो जस्तोसुकै बलिदानी  दिन पनि पछि हट्नुभएन।

अहिले मेरो हजुरबुबा हामीसँग हुनुहुन्न। बुढेसकालमा कहिले काहीँ झसंग हुने, झनक्क रिसाउने, बिर्सने गर्नुहुन्थ्यो। शायद त्यो बुढेसकालको असर थियो। यदि घर छाडेर कतै जानुपर्‍यो भने काका, काकीको साहाराबिना कतै पनि निस्कनुहुन्नथ्यो।

पहिलेका सबै यादहरू गुमाइसक्नुभएको थियो। यस्तो लाग्छ उहाँ एउटा जिंगा गेम (काठका टुक्रा थप्दै जटिल बनाउदै खेलिने खेल) जस्तै भइसक्नुभएको थियो। 

हजुरबुबाको त्यही ४ महिनाको जेल बसाइले मात्र उहाँको जीवनको प्रतिनिधित्व गर्न सक्दैन। उहाँ एक शिक्षक, पिता र उहाँको समाजका लागि एक सम्माननीय व्यक्तित्व हो। 

अहिले अल्जेरिया स्वतन्त्र छ। दासत्वबाट माथि उठाएर स्वतन्त्रताको बाटोमा डोहोर्‍याउनेहरू बुढा भए तर उनीहरूले युद्ध गरेर, रगत बगाएर ल्याएको स्वतन्त्रताको झण्डा अझै लहराइरहेको छ। 

एउटा सिंगो युगको अस्त हुँदा अर्को यूगका लागि उज्यालो सूर्य छाडेर गएको छ। त्यो युगको बलिदानीले गर्दा आज देशले स्वतन्त्रताको सास फेर्न पाइरहेको छ।

अलजाजिराबाट अनुवादित

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  २१:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु
संघीय संरचना अब भत्काउनुपर्छ : उपेन्द्र यादव
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार शनिबार, असार २८, २०८२
म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु शनिबार, असार २८, २०८२
संघीय संरचना अब भत्काउनुपर्छ : उपेन्द्र यादव शनिबार, असार २८, २०८२
परोपकारी काम गरौँ, मर्दा मानिसले केही लैजाँदैन : प्रधानमन्त्री ओली शनिबार, असार २८, २०८२
प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई वितरण गरे जग्गाधनी पुर्जा शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्