• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

स्वतन्त्रताको लडाइमा होमिएको एक परिवारको कथा

नोरा बेल्ब्लिडिया शुक्रबार, भदौ ५, २०७७  २१:२७
1140x725

एजेन्सी- सन् १९५६ मा फ्रेन्चहरूले मेरो हजुरबुवालाई गिरफ्तार गरे। स्वतन्त्रताका लागि अल्जेरियन युद्ध जारी थियो। ३० वर्षीय मेरो हजुरबुबा फ्रन्ट दे लिबरेसन नेसनल (एफएलएन) नामक राजनीतिक पार्टीबाट फ्रेन्च उपनिवेशवादका विरूद्ध लडिरहनुभएको थियो। त्यो समयमा प्रायः सबै नै कुनै न कुनै रूपमा त्यो युद्ध लडिरहेका थिए।

सधैंझैं त्यो दिन पनि उहाँ खाना खानका लागि घरमै बसिरहनुभएको थियो। 

अचानक प्रहरीले ढोका ढक्ढक्यायो। बसिरहनुभएको हजुरबुबालाई उठाएर हामीबाट कतै टाढा लगे। त्यसको चार महिनापछि मात्र उहाँ फर्किनुभयो। फर्कँदा उहाँको टाउकाको कपालभरि लिसो परेको थियो। ‘मेरा बबाले कहिल्यै पनि यो दर्दानक विषयमा बोल्नै चाहनुभएन’ बुबाका अनुसार हजुरबुवाले त्यो कुराको अनुभव किन विनिमय गर्न चाहनुभएन भन्ने थाहा पाउँदा हामी पनि छक्कै छौं।

तर बुबाले भने सधैं आफ्ना परिवारले भोगेका घटना आफूभन्दा सानालाई सुनाइरहनुहुन्छ मानौं यो कुनै पैत्तृक सम्पत्ति हो, जो आफ्नो सेखपछि आफूभन्दा सानालाई दिनुपर्छ।

Memories of Algeria/Nora Belblidia
नोराका हजुरबुबाका साथमा उनका बुबा र आन्टीहरू।

‘हरेक बिहान घरअघिको चौरमा फ्रेन्चले अघिल्लो दिन मारेका अल्जेरियनको लामबद्ध बनाएर राखिएको लाश नाघ्दै हिँडेको हिजोजस्तो लाग्छ’ हात झड्काउँदै बुबा सुनाउनुहुन्छ, ‘गोलीका छर्राले धुजा धुजा पारेका अर्धनग्न शरीर अहिले पनि उत्तिकै ताजा बनेर आँखा अगाडि आउँछन्। तर पनि म डराएको थिइनँ।’

उनीहरूले कसरी एक एक गरेर आफ्ना आफन्तहरूको ज्यान लिएका थिए भन्नेबारे उहाँ कतै नडगमगाई बताउनुहुन्छ। ‘एउटा देश स्वतन्त्र हुन कति कुरा गुमाउनुपर्दो रहेछ, हरेक घटनाले मलाई ती दिनमा लैजान्छन्’ बुबाले एकनाशले सुनाउनुभयो। 

बुबा ९ वर्षको हुँदा ८ वर्षको शसक्त क्रान्तिपछि सन् १९६२ मा अल्जेरिया स्वतन्त्र मुलुक भएको थियो। त्यसपछि यी सबै कहानीहरूसँगै जीवनको एउटा अर्को पाटोलाई संघाल्दै बुबा त्यहाँबाट पनि हिँड्नुभयो। सन् १९७५ मा छात्रवृत्ति पाएर अमेरिका आएको कुरा बताउनुहुन्छ। बुबाको सन् १९७६ मा ममीसँग भेट भएपछि उहाँहरू स्थायी रूपमा बस्नेगरी कहिले पनि फर्कनुभएन।

फ्रान्सेली विस्तारवादको १ सय ३२ वर्ष बितिसक्दा पनि अल्जेरियनको ठूलो समूदाय अशिक्षित नै थिए। भाषा र नैसर्गिक हकसँगै उनीहरूको पढ्न पाउने अधिकार पनि खोसिएको थियो, जसले पछिसम्म पनि जरो गाडि नै रह्यो।

Ncell 2
Ncell 2
nimb
nimb
Memories of Algeria/Nora Belblidia
हजुरबुबासँग नोरा।

एकदिन बुबाले मलाई सन् १९४६ ताकाको एउटा भिडियो पठाउनुभयो। अल्जियर्स शहरको भिडियो थियो त्यो। सादा भिडियो। त्यो भिडियोमा मेरो हजुरबुबाका प्रोफेसर मोन्सियर बेन सेनेब पनि समेटिएका रहेछन्। उनी आफ्ना विद्यार्थीसँग विद्यालय बाहिर बसिरहेका देखिन्थे। बीचमा केही झिलिक्क हजुरबुबालाई पनि देखेकी थिएँ मैले। उहाँले सिधै क्यामेरामा हेर्नुभएको थियो।

त्यो भिडियोलाई मैले अझै पनि जतनसाथ राखेकी छु। क्यामेरा र फिल्महरू त्यो समयमा सबैतिर उपलब्ध थिएन। फोटोग्राफरले बाटोमा हिँडिरहेका मानिसहरूको पोर्ट्रेट फोटो खिच्ने जमाना थियो। पछि फोटा धुलाउनका लागि पैसा तिरेर स्टुडियो जानुपर्ने हुन्थ्यो। एउटा पुरानो दराजमा मैले मेरो हजुरबुबाका केही पुराना, सादा तस्बिर भेट्टाएकी थिएँ।

Memories of Algeria/Nora Belblidia
सन् १९४० मा नोराका हजुरबुबा।

हरेक तस्बिरमा उस्तै चटक्क परेको कोट लगाएको, सडकछेउमा हिँड्दै गरेको देखिनुहुन्थ्यो। तस्बिरमा हजुरबुबाले क्यामेरातर्फ सिधै हेर्नुभएको थियो।

मैले अहिलेसम्म बिर्सिएको जमिनमा पाइला टेक्न अल्जेरिया जाँदैछु। त्यहाँ मेरो बुढो हजुरबुबा हुनुहुन्छ, जसले देशको स्वतन्त्रताका लागि आफ्नो जस्तोसुकै बलिदानी  दिन पनि पछि हट्नुभएन।

अहिले मेरो हजुरबुबा हामीसँग हुनुहुन्न। बुढेसकालमा कहिले काहीँ झसंग हुने, झनक्क रिसाउने, बिर्सने गर्नुहुन्थ्यो। शायद त्यो बुढेसकालको असर थियो। यदि घर छाडेर कतै जानुपर्‍यो भने काका, काकीको साहाराबिना कतै पनि निस्कनुहुन्नथ्यो।

पहिलेका सबै यादहरू गुमाइसक्नुभएको थियो। यस्तो लाग्छ उहाँ एउटा जिंगा गेम (काठका टुक्रा थप्दै जटिल बनाउदै खेलिने खेल) जस्तै भइसक्नुभएको थियो। 

हजुरबुबाको त्यही ४ महिनाको जेल बसाइले मात्र उहाँको जीवनको प्रतिनिधित्व गर्न सक्दैन। उहाँ एक शिक्षक, पिता र उहाँको समाजका लागि एक सम्माननीय व्यक्तित्व हो। 

अहिले अल्जेरिया स्वतन्त्र छ। दासत्वबाट माथि उठाएर स्वतन्त्रताको बाटोमा डोहोर्‍याउनेहरू बुढा भए तर उनीहरूले युद्ध गरेर, रगत बगाएर ल्याएको स्वतन्त्रताको झण्डा अझै लहराइरहेको छ। 

एउटा सिंगो युगको अस्त हुँदा अर्को यूगका लागि उज्यालो सूर्य छाडेर गएको छ। त्यो युगको बलिदानीले गर्दा आज देशले स्वतन्त्रताको सास फेर्न पाइरहेको छ।

अलजाजिराबाट अनुवादित

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  २१:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्