काठमाडौं- बाढी-पहिरोमा परी घाइते भएकाहरूको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
यस्तै बैठकले बाढी पहिरोमा परेर हालसम्म २५० को मृत्यु भएको र ८४ बेपत्ता रहेको जानकारी दिँदै प्रवक्ता डा युवराज खतिवडाले विपद्मा परी घाइते भएका १५२ घाइते भएको र उनीहरूको उपचार सरकारले गर्ने बताएका हुन्। हालसम्म बाढी पहिरोबाट ३५१ घर भत्किएको जानकारीसमेत उनले दिए।
परिवारमा एक जनाको मृत्यु भएमा दुईलाख र परिवारमा एक भन्दा बढीको मृत्यु भएको भए प्रति मृतक थप एक लाख उपलब्ध गराउने र आवास वा पसलमा क्षति पुगेको भए प्रति परिवार १५ हजार उपलब्ध गराउने सरकारको निर्णय छ। परिवारमा ५ भन्दा बढी सदस्य रहेको अवस्थामा थप २० हजार उपलब्ध गराउने समेत निर्णय गरेको छ।
बस्दै आएको घर पूर्ण क्षति भएको अवस्थामा प्रति परिवार एक लाख उपलब्ध गराउने समेत निर्णय भएको छ।
यस्तै सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टिमा लागेको सबै खर्च समेत सरकारले व्यहोर्ने भएको उनले जानकारी दिए।।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।