काठमाडौं- एशोसियसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसनको संयुक्त बैठक बसी निजी अस्पताललाई अपमानित गर्ने व्यवहार बन्द गर्न भनेका छन्।
शुक्रबार बसेको बैठकले गरेको निर्णयमा भनिएको छ- नेपाल सरकारले अपमानित हुने ढंगबाट निजी अस्पताललाई गरिने व्यवहार तथा चिकित्सकहरुको मनोबल घटाउने व्यवहार तत्काल बन्द गरी सम्मानजनक रुपमा औपचारिक वार्ता गर्ने वातावरण तयार गरोस् भनी नेपाल सरकारलाई जानकारी गराउने निर्णय गरियो।
मुलुकमा कोभिड १९ को महामारीको चपेटामा रहेका बेला अफिन तथा नेपाल एशोसियसन अत्यन्त चिन्तित रहेको र राष्ट्रसँग हातेमालो गरी सेवा उपलब्ध गराउन प्रतिवद्ध रहेको निर्णयमा उल्लेख छ।
सरोकारवालाहरुबाट निजी अस्पतालहरुसँग सहकार्य गर्न कहिल्यै पहल नगरेको विषयमा पनि बैठकमा समीक्षा गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।