काठमाडौं– आफैंले काम गरेको पसलमा चोरी गर्दागर्दै २ युवक पक्राउ परेका छन्। म्हेपी बस्ने गोरखा दावा घर भएका २३ वर्षीय सन्तोष बानियाँ र नुवाकोट ककनी गाउँपालिका–७ घर भएका २३ वर्षीय अर्जुन सेडाईलाई प्रहरीले पक्राउ गरेको हो।
नरदेविस्थित काँचको भाँडाकुडा बनाउने पसलमा काम गर्ने उनीहरुले पसलबाट करीव ५ लाख रुपैयाँ बरारबको काँचको विभिन्न घाँडाकुडा चोरी गरी ट्याक्सीमा राखेर लैजादै गरेको अवस्थामा मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। गस्तीमा रहेका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।