फाइल तस्बिर
काठमाडौं-बाढीपीडितहरुका लागि राहत उपलब्ध गराउन भन्दै गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको टोली अछामको रामारोशन गाउँपालिकातिर लागेको छ।
गृहमन्त्रीको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् अछामतर्फ प्रस्थान गरेको हो। राहत सामग्री वितरणका लागि गृहमन्त्री बादल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा नेता एवं सांसद भीम रावल, सांसदहरु शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेल अछामतिर लागेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
अछामको रामारोशन गाउँपालिका–५ मा तीन दिनअघिको बाढीमा परि ६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।