काठमाडौं-सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिको पहिरोमा बेपत्ता भएका ३९ मध्ये बिहीबारसम्म ३० जनाको शव फेला परेको छ।
बेपत्तामध्ये बिहीबार ६ जनाको शव फेला परेको छ। ४ वर्षीय सोनाम दोङ, ४२ वर्षीया विविरानी दोङ, ५ वर्षीय सानुकान्छा दोङ, १८ वर्षीया ललिता दोङ, ४४ वर्षीया हिरा दोङ झाँक्री र २४ वर्षीय सङलामु पाख्रिन दोङको शव बिहीबार फेला परेको डीएसपी माधवप्रसाद काफ्लेले बताए। ९ जनाको अझै पत्ता लागेको छैन।
बाढीपहिरोले सडक बगाएपछि एक्साभेटर लैजान नसक्दा अहिले सेना, सशस्त्र र नेपाल प्रहरी गरी ५५ जनाको टोलीले साबेल, कोदालोको भरमा बेपत्ताको खोजी गरिरहेको छ। एक सय ७२ घर रहेको लिदिको बस्तीमा गत शुक्रबार बिहान साढे ६ बजेतिर पहिरो खसेको थियो।
घटनामा १३ घर पूर्ण क्षति भएका छन् भने ३७ घरमा आंशिक क्षति पुगेको थियो। पहिरोमा परी ३९ जना बेपत्ता भएका थिए। पहिरोले विस्थापित १ सय ३५ परिवार अहिले छिमेकी गाउँमा त्रिपाल टाँगेर बसेका छन्। बेपत्ताको खोजीका लागि स्थानीय सामग्रीले मात्रै सम्भावना नदेखिएपछि एक्साभेटर ल्याउने तयारी गरिएको डीएसपी काफ्लेले बताए।
यी हुन् लिदी पहिरोमा परी मृत्यु हुनेहरु
३६ वर्षीया टिकामाया दोङ
१४ वर्षीय छिरिङ दोङ
८० वर्षीय जिते झाक्री
८ वर्षीय मिलन दोङ
८ वर्षीय सानू दोङ
७० वर्षीय जयबहादुर दोङ
३० वर्षीया दावाल्हामु दोङ
५ वर्षीया प्रिती दोङ
५ महिनाकी कान्छी दोङ
३४ वर्षीया धनमाया दोङ
४ महिनाका रेमिश दोङ
१६ वर्षीय माइला पराङ दोङ
३७ वर्षीय मेकमाई दोङ
१९ वर्षीया च्यामा दोङ
७ वर्षीया विमला दोङ
७ महिनाका कबिर दोङ
११ वर्षीया लक्ष्मी दोङ
१२ वर्षीय हिन्दुस दोङ
३० वर्षीय मानबहादुर दोङ
२२ वर्षीय छविलाल दोङ (अजय)
६ वर्षीय सुमन दोङ
१० वर्षीय सुरज दोङ
७२ वर्षीया शिरमाई दोङ
८७ वर्षीया धनलक्ष्मी दोङ
४ वर्षीय सोनाम दोङ
४२ वर्षीय विविरानी दोङ
५ वर्षीय सानुकान्छा दोङ
१८ वर्षीया ललिता दोङ
४४ वर्षीया हिरा दोङ झाँक्री
२४ वर्षीय सङलामु पाख्रिन दोङ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।