काठमाडौं–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशैभर आशिंकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम वर्षा हुने आँकलन गरेको छ। शुक्रबार र शनिबार दिउँसो भारी वर्षा नभए पनि राति भने भारी वर्षा हुने प्रक्षेपण गरिएको छ।
शुक्रबार दिनभर आंशिकदेखि सामान्य बदली भई मध्यम वर्षा हुने महाशाखाको अनुमान छ। शुक्रबार राति देशभर सामान्य बदली भई हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। तर, प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तो छ तीन दिनको मौसमी पूर्वानुमान

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।