काठमाडौं–त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता यही भदौ २१ गते लिने भएको छ।
आयोगले भदौ ४ गते निकालेको सूचनामा यसअघि हुन नसकेको अन्तर्वार्ता भदौ २१ गते हुने जानकारी गराएको हो।
आयोगले निकालेको सूचनामा सकेसम्म एकै मिति र समयमा अन्तर्वार्ता हुने, स्वेदेशी तथा विदेशी विज्ञबाट सम्भव भए एकपटकमा, नभए फरक समयमा गरिने, विदेशी विशेषज्ञबाट दूरविधिबाट अन्तर्वार्ता हुने र असामान्य अवस्था भए स्वदेशी विशेषज्ञले समेत दूरविधिबाट अन्तर्वार्ता लिन सक्ने उल्लेख छ।
अन्तर्वार्ताका लागि उम्मेदवारहरुको नामावली सेवा आयोगको वेबसाइटमा प्रकाशित गरिने र अन्तर्वार्ता दिनेले व्यक्तिगत विवरण सेवा आयोगमा पठाउनु पर्ने उल्लेख छ।
त्यस्तै उम्मेदवारले पालाना गर्नुपर्ने नियममा सेवा आयोगको सम्पूर्ण कार्यहरु गोप्य राख्नुपर्ने, अन्तर्वार्ता लिने व्यक्तिसँग नतिजा प्रकाशन नहुन्जेल व्यत्तिगत सम्पर्क गर्न नपाइने, मर्यादित पोशाकमा उपस्थित हुनुपर्ने, अन्तर्वार्ता लिने ठाउँमा अन्यलाई उपस्थित गराउन नपाइने, पृष्ठभूमि खाली हुनुपर्ने, अन्तर्वार्ताको लाइभ अथवा रेकर्ड गराउन नपाइने लगायतका आचारसंहिता उम्मेदवारले पालना गर्नुपर्ने आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।