काठमाडौं-पहिरो गएको एक साता बितिसक्दा पनि पुरिएकाहरु सबैको शव निकाल्न नसक्दा सिन्धुपााल्चोकको जुगल गाउँपालिका लिदिको पहिरो क्षेत्र गन्हाउन थालेको छ। ती शवहरुबाट विभिन्न रोगको जोखिम देखिएको छ।
‘सबैको ध्यान राहतमा मात्रै केन्द्रित भएको पाइयो,’ राहतका लागि लिदि पुगेका कांग्रेस नेता सागर श्रेष्ठले भने। बस्ती स्थानान्तरण र पुरिएकाहरुको उद्धारमा सरोकारवालाहरुको ध्यान नगएको स्थानीयको गुनासो छ।
आवश्यक स्रोत र साधन नहुँदा कुटो र कोदालाकै भरमा बेपत्ताहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेले बताए।
पुरिएकाको खोजीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना अहोरात्र खटिएको छ तर उत्खननका लागि आधुनिक स्रोतसाधन नहुँदा समस्या भएको काफ्लेको भनाइ छ। गाउँपालिकाले पुरिएकाको खोजीका लागि जेसीबी लैजाने बताए पनि सडक लिदिसम्म नपुगेको र बीचबीचमा सडक पनि धेरै बिग्रिएकाले पहिरो गएको हप्ता दिन बितिसक्दा पनि जेसीबी पुगेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।