तेह्रथुम- तेह्रथुम जिल्ला अदालतमा कार्यरत ८ कर्मचारी कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। जिल्ला अदालतका ८ कर्मचारी, २ जना कर्मचारीको परिवार र एक कानुन व्यवसायीमा पनि कोरोना संक्रमण भएको जानकारी अदालतले दिएको छ।
जिल्ला अदालत परिसरमा हालसम्म ४१ जनाको स्वाब संकलन गरिएकोमा ११ जनाको रिर्पोट पोजेटिभ आएको जिल्ला अदालतका श्रेष्तेदार पारसमणि पोखरेलले बताए। अदालत परिसरमा गरिएको परीक्षणमा थप एक जना कानुन व्यवसायीलाई समेतलाई संक्रमण पुष्टि भएको हो।
उनीहरूमध्ये दुई जनामा लक्षण देखिएपछि शंका लागी परीक्षण गरिएको थियो। उनीहरु दुवैको रिपोर्ट पोजेटिभ आएपछि उनीहरूसँगको सम्पर्कमा पुगेका अन्यलाई पनि परीक्षण गरिएको थियो। बिहीबार ९ जनाको पोजेटिभ रिपोर्ट आएको हो भने अन्य २ जनाको यसअघि नै आइसकेो थियो।
संक्रमण पुष्टि भएका कर्मचारीहरुलाई आइसोलेसनमा पठाइएको र उनीहरुसँगै फाँटमा रहेका एक कर्मचारीलाई लक्षण नदेखिए पनि क्वारेनटाइनमा राखिएको श्रेष्तेदार पोखरेलले बताए। जिल्ला अदालतमा आइबारदेखि नै सेवा संकुचन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।