काठमाडाैै-सिन्धुपाल्चोकमा भूकम्प तथा बाढीपहिरोका कारण जोखिममा रहेका बस्ती स्थानान्तरण तथा बस्ती विकासका बारेमा सरोकारवाला निकायसँग बृहत छलफल हुने भएको छ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार गरिने बृहत छलफलमा संघीय सांसदका सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, राजनीतिक दल तथा सुरक्षा निकायका प्रमुखहरु, पत्रकार महासंघका प्रतिनिधि, उद्योग वाणिज्य संघ, गैसस महासंघ र रेडक्रस प्रमुखको सहभागिता रहने बताइएको छ।
जिल्लाका विभिन्न स्थानमा भएको धनजनको क्षति न्यूनीकरणका विषयमा पनि छलफल हुने बताइएको छ। छलफलमा सभामुख अग्नि सापकोटा भने उपस्थित नहुने उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। काठमाडौंमा आजबाट निषेधाज्ञा जारी भएको र त्यो सबैका लागि समान भएकाले त्यसलाई तोडेर जान नसकिएको उनले बताए।
बैठकमा पूनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली भने उपस्थित हुने कार्यक्रम छ । भूकम्पका समयमा बस्न अयोग्य भनिएका ठाउँहरुमा धमाधम पहिरो जाँदा सिन्धुपाल्चोकले धेरै धनजनको क्षति वेहोरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।