काठमाडौं-भारतको मध्य प्रदेशमा न्यूनचापीय क्षेत्रको विकास हुँदा पश्चिम नेपालमा धेरै वर्षा भएको छ। भारतकाे मध्यप्रदेशमा पानी पार्ने न्यूनचापीय क्षेत्रको विकास हुँदा धेरै वर्षा भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताईन्।
शुक्रबार दिउँसोसम्म न्यूनचापीय क्षेत्र विस्तारै कमजोर हुने उनले बताईन्।
बिहीबार पनि देशैभर सामान्य बदली भई हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले अनुमान गरेको छ। तर, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै बिहीबार राति देशैभर सामान्य बदली भई प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कँडेलले बताईन्। तर बिहीबार राति बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।
शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति देशभर सामान्यतया बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
शनिबार देशैभर आंशिकदेखि सामान्यतया भई हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यहीँ दिन राति देशभर सामान्यतया भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा स्थानमा भारी वर्षाको सम्भावना छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।