काठमाडौं–जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले नारायणी, कर्णाली र महाकालीका सहायक नदीमा बहाब बढ्दो भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
कान्द्रा, मोहना, खुट्टिया, मछेली, सुहेली, चौधर, रंघुनलगायत दाङ, बाँके, बर्दिया, सुर्खेत, सल्यान, डोटी, अछाम, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने भन्दै तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेको हो।
हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको महाशाखाले जनाएको छ।
अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू(भागका केही स्थानहरुमा वर्षा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।