काठमाडौं- काेराेना नियन्त्रण, राेकथाम र उपचार सम्बन्धमा भावी कदमबारे छलफल गर्न सिसिएमसीको बैठक सुरु भएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी भएको र बैठक प्रधानमन्त्री निवास बालुवाटरमा भर्खरै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाले जानकारी दिएका छन्।
बैठकले कोरोना नियन्त्रण र उपचारको व्यवस्थापनबारे छलफल गर्ने बताइएको छ।
कोरोना संक्रमण बढेपछि सरकारले थप संवेदनशील भएको बताउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।