राजविराज– सप्तरीको शम्भुनाथ नगरपालिका–१२ स्थित अर्नाहामा मंगलबार आगलागी हुँदा १० लाख रुपैयाँको क्षति भएको छ।
स्थानीय गुलाब साहको ग्वाली (गाई गोठ)मा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुई घर, छिमेकी मोहमद हेदर, मोहमद अव्दुल, मोहमद नजीरलगायतका एक÷एक वटा गरी पाँच वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।
सो आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद जिन्सी गरी १० लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ।
आगोलाई स्थानीयवासी, प्रहरी र राजविराज नगरपालिकाबाट गएको वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।