काठमाडौं- काठमाडौं उपत्यकामा मंगलबार १५९ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ११ हजार ११८ छ। भने ७ हजार ९ सय ८७ जना संस्थागत आइसोलेसनमा छन् भने ३ हजार १ सय ३१ जना होम आइसोलेसनमा छन्।
आज ११ हजार ५ सय २२ जनाको पिसिआर परीक्षण भएको छ। हाल १३ हजार ५ सय ७१ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा १२० जना संक्रमित निको भएपछि हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय जना पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।