• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोशी अस्पताल : आफ्नै कर्मचारी संक्रमित हुँदा पनि निरन्तर सेवा

64x64
सराेज तामाङ बुधबार, भदौ ३, २०७७  १४:१५
1140x725

काठमाडौं– कोरोना भइरसको उच्च जोखिम भएकामध्ये एक जिल्ला हो, मोरङ। खुल्ला सीमा नाका र कोरोना सम्बन्धमा देखिएको बेवास्ताका कारण प्रदेश १ को राजधानी विराटनगर अहिले ‘हटस्पट’ हुन पुगेको छ। विराटनगरमा मात्रै दिनमै अहिले ५०–६० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुन थालेको छ। यस्तो विषम परिस्थितिमा विराटनगरमै रहेको कोशी अञ्चल अस्पतालले कसरी काम गरिरहेको छ?

कोशी अञ्चल अस्पतालमा अहिले अवस्था निकै नाजुक हुँदै गइरहेको कोभिड सेन्टर कोशी अञ्चल अस्पतालका संयोजक डा दीपक सिग्देल बताउछन्। ‘अवस्था भयावह नै छ। विराटनगरको हरेक क्षेत्रमा कोरोनाको लक्षण देखिसकेको अवस्थामा स्थितिलाई निकै नाजुक भन्नुपर्छ।’

कोशी अस्पतालका २१ जनामा कोरोना
अहिलेसम्म कोशी अञ्चल अस्पतालका २१ जना स्टाफमा कोरोना देखिएको छ। तर अवस्था सबैको सामान्य भएको अस्पतालले जानकारी दिएको छ।

कोरोना देखिएका स्टाफमध्ये कसैलाई कोरोना अस्पतालमा राखिएको छ भने कसैलाई घरैमा आइसोलेसनमा राखिएको डाक्टर सिग्देल सुनाउँछन्। ‘२१ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ। उहाँहरु सबैलाई कोरोना अस्पतालमै राखिएको छ। जसको घरमा अलिक मिल्ने छ उहाँहरुलाई घरमा पनि राखिएको छ।’

आफ्ना स्टाफलाई आफ्नै अस्पतालमा छुट्टै आइसोलेसन बनाएर राख्ने व्यवस्था पनि गरिरहेको छ। होम आइसोलेसन प्रभावकारी नभएको, परिवारलाई पनि कोरोना सर्न सक्ने उतिकै सम्भावना हुँदा अस्पतालले आफ्नै परिसरमा कोरोना आइसोलेसन बनाउने तयारी गरिरहेको छ। त्यसो त कोरोना अस्पतालमा बिरामीको राम्रो रेखदेख नभएको टिकाटिप्पणी पनि उतिकै छ।

‘विस्तारै कोरोना बढ्दै जाने हुँदा अस्पतालले यही राख्ने व्यवस्था मिलाउने तयारी पनि गरेको छ। यहाँका स्टाफलाई यही आइसोलेसनमा राख्ने अवधारणा बनाएका छौं। प्राविधिक रुपमा अलिकति मिलेको छैन। सायद एक हप्ताभित्र हुन्छ होला’, डाक्टर सिग्देलले भने।

कोरोनालाई जितेका स्टाफहरुलाई तत्काल काममा नबोलाउने उनले सुनाए। सबैभन्दा स्वास्थ्य महत्त्वपूर्ण भएको भन्दै डाक्टर सिग्देल थप्छन्, ‘कोरोना देखिएकाहरुलाई ९–१० जति राख्छौं। ११औं दिनमा स्वाब परीक्षण गर्छौ। त्यसपछि नेगेटिभ आएमा घर पठाउछौं। घर गएपछि पनि उहाँहरुलाई हामी १४ दिन क्वारेन्टाइनमा राख्छौं। त्यो बेला हामी काममा बोलाउँदैनौं।’

सेवाबाट बन्चित छैन
कोरोनाको जोखिम बढ्दै जाँदा अन्य बिरामीमा हेलचक्र्याइँ बढेको भन्ने गुनासो आइरहरहेको छ। मोरङमै केही दिनअघि उपचार नपाउँदा एक युवाको मृत्यु भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

कोरोनाको त्रासले नियमित आउने बिरामीहरुको भर्ना समेत लिन मानिरहेका छैनन् धेरै अस्पतालहरु। तर कोशी अञ्चल अस्पताल भने बिरामीलाई सेवाबाट बन्चित नगराएको दाबी गर्छ। ‘यहाँको फरकफरक वार्डमा कोरोना देखियो। जुनजुन वार्डमा कोरोना देखिन्छ। २–३ दिन सेवा अवरुद्ध हुन्छ। त्यो क्षेत्रलाई हामी सिल गर्छौं। त्यसपछि हामी स्यानिटाइज गर्छौं,’ डाक्टर सिग्देल भन्छन्, ‘खासमा नियम त दुई घण्टामा खोल्नुपर्ने छ। तर स्थिति यस्तो भयाभह छ कि सबै डराउछन् नि त। सर्छ है भन्ने छ। तर सेवाबाट कसैलाई बन्चित गरिएको छैन।’

अहिले कोशी अस्पतालमा प्रत्येक दिन ओपिडीमा १ जना डाक्टर हुन्छ। राउण्डमा अर्का डाक्टर। अस्पतालले दिनमा हरेक विभागमा एक जना डाक्टर आउने व्यवस्था गरेको छ। तर आज आउने डाक्टर भोलि आउन नपर्ने तालिका अस्पतालको छ। अस्पतालले पूरै कोरोना विरुद्धको सावधानी अपनाएको छ। तर बिरामीसँग सिधै सम्पर्क हुँदा कोरोना सरेको डाक्टर सिग्देल बताउछन्।

ढिलो आउने पिसिआर रिपोर्टले बिरामीको ज्यानै जोखिममा
अहिले गम्भीर अवस्थाका बिरामी अस्पताल आए, धेरै ठाउँमा उसले तत्काल उपचार नपाउने अवस्था देखिन्छ।

उपचारका लागि पहिलो स्टेप हो, कोरोनाको लागि स्वाब संकलन र अक्सिजनको व्यवस्था।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अस्पतालले इमर्जेन्सीमा आएका बिरामीलाई आइसोलेसनमा लान्छ। त्यहाँ अक्सिजन दिइन्छ। कोरोनाको परीक्षण गरिन्छ। तर पिसिआर रिपोर्ट २४ घण्टामा आउँछ। यतिञ्जेल बिरामीले अन्य केही उपचार पाउँदैनन्। जसले गर्दा गम्भीर बिरामी परेकाको ज्यान जान सक्ने निकै सम्भावना हुन्छ। एक त ओपिडी सेवाहरु सुस्त हुँदै जाँदा यसको चाप इमर्जेन्सीमा थपिन्छ। झनै ढिलो गरी आउने पिसिआर रिपोर्टले अर्को तनाव सिर्जना गर्छ।

पिसिआर रिपोर्टपछि पोजेटिभ आएमा अस्पतालले कोरोना अस्पतालमा पठाउने गरेको छ। तर नेगेटिभ आएमा ओपिडी लाने कि आइसियु लाने, अस्पतालको निर्णय हुन्छ। अस्पताल भर्ना भएका गम्भीर बिरामीले पनि एक दिनपछि मात्रै उपाचार पाउने अवस्था छ। यो निकै गम्भीर छ। यो कुरामा कोशी अञ्चल अस्पतालका डाक्टर सिग्देल पनि सहमत छन्।

‘इमर्जेन्सीमा आएकालाई शंका लागेमा आइसोलेसन राख्छौं। त्यहाँ अक्सिजनको व्यवस्था गर्छौ, स्वाब पठाउँछौं। त्यो बाहेक ती बिरामीलाई अरु केही सुविधा दिन सकिँदैन। यहाँ हेरचाह कम हुन्छ। यो कुराचाहिँ अहिलेको सबैभन्दा गम्भीर हो’, डाक्टर सिग्देल भन्छन्।

सिरियस बिरामीको पिसिआर रिपोर्ट तत्काल नआउँदा बिरामीलाई मात्रै हैन, डाक्टर र बिरामीको आफन्तलाई समेत तनाप हुने गरेको छ।

‘यहाँ बिरामीलाई निकै कष्ट परिरहेको छ। हामी पनि जोगिनुपर्‍यो। बिरामीलाई पनि जोगाउनुपर्‍यो। पिसिआर रिपोर्टचाहिँ १ घण्टामा आउने खालको वातावरण भयो भने बिरामीले दुःख पाउने थिएनन्। ढिलोगरी आउने पिसिआर रिपोर्टले गम्भीर प्रकृतिका बिरामीको ज्यान जोखिममा हुने गरेको छ’, डाक्टर सिग्देल भन्छन्।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आवागमन पूर्ण बन्द सोमबार, कात्तिक २, २०८३
कार्टुन सोमबार, कात्तिक २, २०८३
नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्