सांकेतिक तस्बिर
कैलाली-बझाङको बुङगल नगरपालिका ५ मिडीमा पहिरो जाँदा चार जना घाईते हुनुका साथै २ जना बेपत्ता भएका छन्।
घरमाथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर बगाएको छ। पुरिएका तीन जनाको नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको छ भने दुई जना बेपत्ता छन्।
पहिरोमा परेर ४० वर्षीया पिपला ताम्राकार, १८ वर्षकी छोरी सुनिता, १२ वर्षकी टिन्टी ताम्राकार र १६ वर्षका अनील ताम्राकार घाईते भएका छन्। घाईते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भईरहेको छ।
१४ वर्षका छोरा सचिन ताम्राकार र बुङ्गल नगरपालिका ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ वर्षका छोरा सुदिप ओखेडा बेपत्ता छन्। दुवैको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।