काठमाडौं-पछिल्लो समय मनसुनी वर्षा पश्चिम नेपालकेन्द्रित हुन थालेको छ। गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन थालेको हो । भारी वर्षाको सम्भावना शुक्रबारदेखि कम हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार देशैभर सामान्य बदली भई हल्कादेखि मध्य वर्षा हुने मौसमविद गंगा नगरकोटीले बताईन्। तर, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै बुधबार राति देशभर सामान्यतया बदली भई बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्य वर्षा हुने छ। तर, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहीबार दिउँसो देशभर सामान्यतया बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तर, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यस्तै बिहीबार राति देशभर सामान्य बदली भई बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
शुक्रबार दिउँसो देशभर सामान्यतया बदली भई केही स्थानमा गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति देशभर सामान्यतया बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।