काठमाडाैं-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निवासमा पुगेर उनलाई अन्तिम श्रद्धान्जली दिएका छन्।
मंगलबार साँझ आफ्नै निवासमा निधन भएको घिमिरेलाई अन्तिम श्रद्धान्जली दिन पौडेल बुधबार बिहानै घिमिरेको निवास लैनचौर पुगेका थिए।
घिमिरेको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिँदैछ। पौडेलले घिमिरे नेपाल राष्ट्रका ढुकढुकी भएको भन्दै उनले आफ्नो साहित्य सिर्जनाद्वारा नेपाली राष्ट्रिय चेतना जगाउनका लागि महत्वपूर्ण योगदान पुर्याएकाे पाैडेलले बताएका छन्।
घिमिरेको निधनबाट राष्ट्रले एउटा महान विभुतिलाई गुमाएको उल्लेख गर्दै पौडेलले दु:खको घडीमा परिवार, समस्त साहित्यप्रेमीहरु तथा र राष्ट्रप्रेमी नेपालीहरुमा समवेदना व्यक्त गरेका छन्। पौडेलले घिमिरेको योगदान अमर रहने पनि उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।