राजविराज– सिरहाको लहान नगरपालिका–७ स्थित विकाश शारडाको सुनचाँदी पसलमा बम विष्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सिरहाको सुखिपुर नगरपालिका–५ का २३ वर्षीय इन्द्रदेव कामतीलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजेन्द्र भेटवालले जानकारी दिए। अन्य फरारहरुको खोजी गर्न प्रहरी टोली परिचालन गरिएको उनले बताए।
चैत्र ९ गते विकास शारडाको सुनचाँदी पसलमा दिउँसै बम विष्फोट गराइएको थियो। प्रेसरकुकर बम विष्फोटमा पसल सञ्चालक शारडा, उनका भाइ राहुल, कामदार अस्मिता कुमारी चौधरी तथा समान खरिद गर्न आएका लहानकी विनिता कुमारी चौधरी, नवराजपुर गाउँपालिका–३ की देवकुमारी यादव, उनका ७ वर्षीय छोरा सतिस यादव, लहानकी बबितादेवी यादव र सप्तरीको सुरुङ्गा नगरपालिका–६ का मनितादेवी राम घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।