• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कार्यदलको प्रतिवेदन पर्खिँदै नेकपा नेताहरु

64x64
नेपाल लाइभ मंगलबार, भदौ २, २०७७  १८:०९
1140x725

काठमाडौं– कार्यदल बनेपछि केही महिनादेखि नेकपामा चलिरहेको तीव्र विवादमा ब्रेक लागेको छ। गुटका आधारमा आरोप–प्रत्यारोपमा उत्रिरहेका नेता र कार्यकर्ताको नजर कार्यदलतर्फ छ। विवाद समाधानको सूत्र खोज्ने अपेक्षा गरिएको कार्यदलको प्रतिवेदनपछि मात्रै आ–आफ्नो रणनीति बनाउने तयारीमा दुवै पक्षका नेताहरु छन्।

केही दिनदेखि छलफलमा जुटेको कार्यदलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको राजीनामाको विषयलाई नजरअन्दाज गरेर विवाद समाधानको उपाय पहिल्याउने प्रयास गरिरहको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु प्रधानमन्त्रीमा ओलीको विकल्प नखोजेरै विवादको समाधान गर्ने अवस्थामा पुगेका छन्।

कार्यदलले यसअघि स्थायी कमिटीमा पेश भएका एजेण्डाको वरिपरि केन्द्रित भई आफ्नो प्रतिवेदन पेश गर्ने बताएको थियो। कार्यदललाई सकेसम्म हप्ता दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्न अध्यक्षद्वय ओली र प्रचण्डले निर्देशन दिएको बुझिएको छ। गत शुक्रबार कार्यदल गठन भएको थियो। शनिबार र आइतबार भैंसेपाटीस्थित एक निजी घरमा बैठक बसेको थियो। मंगलबार फेरि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यदलको बैठक बसेको छ।

कार्यदललाई विवाद विषय पहिल्याउने र समाधान उपाय सुझाउने कार्यदेश छ। कार्यदलले सकेसम्म भनिएको समयमै प्रतिवेदन बुझाउने गरी काम गरिरहेको छ। दिनभरी जसो बैठक बसिरहेको छ।

बैठकमा छलफल गरिएका विषयलाई बाहिर नल्याउने सहमति कार्यदलका सदस्यहरुले गरेका छन्। अघोषित आचारसंहिता जस्तै बनाएकाले कार्यदलका सदस्यले बैठकमा प्रस्तुत गरेका विषय हालसम्म बाहिरिएका छैनन्। पार्टीका नेताहरु कार्यदलको प्रतिवेदनपछि मात्रै पार्टीको आगामी अवस्था बारे बताउन सकिने प्रतिक्रिया दिन थालेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्त विवाद समाधानका लागि कार्यदल बनाएकाले यो समयमा पक्ष वा विपक्षमा प्रतिक्रिया दिन नहुने बताउँछन्। ‘कार्यदलले कुन–कुन विषयमा छलफल गरेको छ? कसरी समाधानको उपाय निकाल्ने भन्ने विषयमा जानकारी नै छैन’, पन्तले भने, ‘कार्यदलले कस्तो प्रतिवेदन दिन्छ। त्यसै अनुसार नै पार्टी विवादका विषयमा भन्न सकिएला।’

कार्यदलको प्रतिवेदन दिएपछि मन्त्रिमण्डल हेरफेर हुन सक्ने नेताहरु बताउन थालेका छन्। पार्टीमा ओलीको विकल्प खोजी नगर्ने भएपछि मन्त्रीमण्डल हेरफेर हुन सक्ने प्रबल सम्भावना छ। अहिले सञ्चार र सहकारी विकास मन्त्रालय रिक्त छन्। कार्यप्रगतिमा खरो उत्रिन नसकेका र विवादित बनेका मन्त्रीलाई हटाएर नयाँलाई ल्याउने तयारी गरिएको छ। पार्टीमा शक्ति समीकरण मिलाउन मुख्यमन्त्रीको समेत फेरबदल हुन सक्ने आकलन गरिएको छ। यस्तै सरकारी नियुक्ति पार्टीमा परामर्श गरेर भागबण्डाका आधारमा मिलाउने भनिएको छ । जसको सुरुवात सोमबारको सचिवालय बैठकपछि सुरु भइसकेको छ। 

पार्टीका नेताहरु प्रधानमन्त्रीको राजीनामाभन्दा महाधिवेशनबाट नेतृत्व हत्याउनमा बढी केन्द्रित भएका छन्। ओलीले महधिवेशनपछि सरकार पार्टी दुवैमा 'कक्षा नहोर्‍याउने' भन्दै नेतृत्व नगर्ने बताएका छन्। त्यसैले प्रचण्ड र नेपाल समूह महाधिवेशनलाई केन्द्रमा राखेका छन्।

प्रचण्ड र नेपालको नजर पनि सरकारभन्दा पनि पार्टी नेतृत्वमा जान थालेको देखिन्छ। केही दिनअघिसम्म एकसाथ रहेका प्रचण्डले अध्यक्ष ओलीसँग मिलेर कार्यदल बनाउनु पार्टीको भावी नेतृत्व हत्याउन साँठगाठ गरेको हुन सक्ने नेपाल समूहको आशंका छ। तर,  नेपाल समूहले औपचारिक रुपमा यस्तो प्रतिक्रिया दिइसकेको छैन। 

नेपाल समूहले कार्यदलको प्रतिवेदनलाई पर्खेर बसेको छ। ओली समूह भने सम्भावित खतरा टरेको भन्दै केही ढुक्क देखिन्छ। उता कार्यदलले यसअघि तोकिएको महाधिवेशनको मिति चैत २५ देखि ३० लाई अघि सार्ने प्रस्ताव ल्याउने सम्भावना छ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १८:०९
  • #नेकपा
  • #नेकपा_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्‍यो इरानमा हवाई आक्रमण
१५ दिनभित्र बहाल नबुझाए ग्यालेक्सी टेलिभिजन लिलाम गरिने
सम्बन्धित सामग्री
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है हर्कले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रवि लामिछानेजी, अब भारत गएर लिपुलेक लिम्पियाधुरा फर्काउन भारतसँग बोल्नु है ! पहिले पत्रकार हुँद... मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्री शाहले आज इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भए... मंगलबार, जेठ १२, २०८३
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची संघीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस... मंगलबार, जेठ १२, २०८३
ताजा समाचारसबै
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्‍यो इरानमा हवाई आक्रमण मंगलबार, जेठ १२, २०८३
१५ दिनभित्र बहाल नबुझाए ग्यालेक्सी टेलिभिजन लिलाम गरिने मंगलबार, जेठ १२, २०८३
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ मंगलबार, जेठ १२, २०८३
सप्तकोशी नदीबाट ४ सय ७५ किलो गाँजा बरामद मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
न्यायाधीश पोखरेलको आग्रहः सार्वजनिक चासोका मुद्दाको पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नु सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्