काठमाडौं- सरकारले विपद्का घटना परी ज्यान गुमाउनेको परिवारलाई दुई लाख नगद राहत दिने भएको छ। सोही परिवारका अन्य सदस्यको पनि मृत्यु भएमा भने प्रतिव्यक्ति थप एक लाखका दरले राहत दिने निर्णय भएको जानकारी दिइएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपद्बाट घर, बहाल, आवास नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा जमिन वा पसल व्यवसायसमेत नोक्सान भई तत्काल गुजाराको लागि खाद्यान्नसमेत नभएमा वा दुवै अवस्थाका पीडित परिवारलाई यथाशीघ्र प्रति परिवार ५ जनासम्म सदस्य भएको परिवार भए रु १५ हजार र ५ जनाभन्दा बढी सदस्य भएको परिवार भए रु २० हजारका दरले नगद सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ।
त्यस्तै, जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूतहरु सिफारिस गरिएको छ। मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्ताव अनुसार बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्रराज भण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई सिफारिस गरिएको मन्त्री खतिवडाले बताए। ‘उनीहरु तीनैजना परराष्ट्र मन्त्रालयको पदाधिकारी हुनुहुन्छ’, खतिवडाले भने।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्रै उनीहरु राजदूत नियुक्त हुनेछन्।
यस्ता छन्, निर्णयहरु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।