काठमाडौं- प्रेस काउन्सिल नेपालले आगामी शुक्रबारसम्म कार्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार बसेको काउन्सिलको बोर्ड बैठकले कोरोना संक्रमणको जोखिम बढेको भन्दै कार्यालय बन्द गर्ने र अनलाइनबाट उजुरी लिने निर्णय गरेको हो।
काउन्सिलले प्रकाशन गरेको प्रेस विज्ञप्तिअनुसार आचारसंहिता कार्यान्वयनको अनुगमन निवासबाटै गरिनेछ।
सरकारले सोमबार बेलुका काउन्सिलको कार्यवाहक अध्यक्ष फेर्ने निर्णय गरेको थियो। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कार्यवाहक अध्यक्षको जिम्मेवारीबाट किशोर श्रेष्ठलाई हटाउँदै दुर्गा भण्डारीलाई यो जिम्मेवारी दिने निर्णय भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।