काठमाडौं- सरकारले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)को ३ हजार ५ सय ५८ कित्ता शेयर खरिद गर्ने निर्णय गरेको छ। योसँगै आइएफसीमा नेपालको शेयर स्वामित्व ९ हजार ८ सय २५ कित्ता पुगेको छ।
अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको सोमबारको बैठकले आइएफसीमा शेयर हिस्सा बढाउने निर्णय गरेको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए। नेपालले यो शेयर किन्दा प्रतिकित्ता १ हजार अमेरिकी डलरका दरले लगानी गर्नेछ।
अहिले शेयर थपिएसँगै आइएफसीको नेपालसँग ९ हजार ८ सय २५ कित्ता शेयर पुगेको छ। शेयर खरिदको रकम सन् २०२३ पछाडि भुक्तानी गर्नुपर्नेछ।
सरकारले आइएफसीको जनरल क्यापिटल इन्क्रिज र स्पेसल क्यापिटल इन्क्रिज दुवैतर्फको शेयर किन्ने निर्णय गरेको छ।
शेयर थपिएसँगै नेपालको भोटिङ पावर पनि बढेको छ। अब नेपालले ०.०७ प्रतिशत भोटिङ पावर पाएको छ। यसअघि ०.०६ प्रतिशत भोटिङ पावर नेपालसँग थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।