फाइल तस्बिर
काठमाडौं–कोभिड-१९ क्राईसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) ले आइसोलेसन केन्द्रहरुलाई अस्थायी अस्पताल बनाउने तयारी गरेको छ। कोरोना संक्रमितले अस्पतालहरु भरिन थालेपछि सिसीएमसीले आइसोलेसनलाई अस्थायी अस्पताल बनाएर उपचार गर्ने व्यवस्था गर्न लागेको हो।
‘कोरोना संक्रमितले अस्पतालहरु भरिन थाले। अरु कोरोना संक्रमित बिरामीलाई उपचार गर्ने ठाउँ कम हुदै गयो,’ सिसीएमसीका सदस्यसमेत रहेका एक मन्त्रीले भने, ‘अब भएका आइसोलेसनहरुलाई अस्थायी अस्पताल बनाएर चलाउने तयारी गरेका छौं।’
कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि सिसीएमसीले बेलुका ५ बजे बैठक बोलाएको छ। कोरोना संक्रमणका विषयमा सिसीएमसीमा सहभागी मन्त्रीहरुले समीक्षा गर्ने भएका छन् । यसअघि नै सिसीएमसीले कोरोना सक्रमितको संख्या बढेका क्षेत्रलाई निषेधाज्ञा गर्ने अधिकार दिईसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।