काठमाडौं-गृहमन्त्री रामबहादुर थापा 'बादल' का स्वकीय सचिव प्रवेश थापा चढ्ने गाडीले एउटा स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्।
स्वकीय सचिव थापा चढ्ने गरेको बा १ झ ५५५४ नम्बरको गाडीले सिंहदरबार पश्चिम गेटनजिक बा ९४ प १०२५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। त्यसबेला थापा भने गाडीमा सवार नभएको प्रहरीले जनाएको छ।
ठक्करबाट स्कुटरमा सवार नुवाकोटकी २३ वर्षीया ललिता थापा र २७ वर्षीया पूजा थापा घाइते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी वामदेव गौतमले जानकारी दिए। उनीहरुलाई उपचारको लागि ट्रमा सेन्टर पठाइएको छ ।
गाडी चालक तोयानाथ राउत र ठक्कर दिने गाडीलार्ई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।