काठमाडौं-आज काठमाडौं उपत्यकासहित पश्चिमी नेपाल क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ। तर, देशका अन्य स्थानमा बदली भई हल्कादेखि माध्यम वर्षा हुने जल तथा माैसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार दिउँसो र राति देशैभर सामान्य बदली भई हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने महाशाखाले बताएको छ ।
यस्तै बुधबार दिउँसो देशभर सामान्यतया बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षासमेत हुने जनाइएकाे छ। बुधबार राति गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
बिहीबार दिउँसो देशभर सामान्यतया बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।