रूपन्देही- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बैंक तथा वित्तीय संस्थालाई नगद कारोबार बन्द गर्न निर्देशन दिएको छ। नगरपालिकाले साउन ३२ देखि भदौ १० गतेसम्म नगर क्षेत्रभित्र रहेका बैंक, वित्तीय संस्था सबैलाई नगर कारोबार बन्द गरी कोभिड संक्रमण न्यूनीकरणमा सहयोग गर्न भनेको हो।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाले उल्लेख गरेको छ’ ‘कोरोना भाइरस (कोभिड-१९) को संक्रमण हाल यस नगरपालिका क्षेत्रभित्र समेत फैलने संभावना भएकाले संक्रमणको जोखिमबाट बँच्न र संक्रमण फैलन नदिन २०७७/०४/३२ देखि २०७७/०५/१० गतेसम्म नगर क्षेत्रभित्रका सबै बैंक’ वित्तीय संस्था र सहकारीहरूले नगद कारोबार सेवा बन्द गरी कोभिड-१९ को जोखिम न्यूनीकरणमा सहयोग गरिदिनहुन अनुरोध छ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।