कोरोना संक्रमितको मृत्युपछि अन्तिम संस्कारको तयारी गरिँदै।
काठमाडौं- नेपालमा हालसम्म १ सय ४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मृत्यु हुनेमा ८१ जना पुरुष छन् भने २३ जना महिला छन्।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सबैभन्दा बढी प्रदेश २ मा ४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सबैभन्दा कम कर्णाली प्रदेशमा ४ संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांका छ।
प्रदेश १ मा हालसम्म १० संक्रमितको मृत्यु भइसकेको छ भने बागमतीमा १८ संक्रमितको मृत्यु भएको छ। यस्तै गण्डकीमा ६ जना संक्रमितको मृत्यु भएको छ भने प्रदेश ५ मा १३ जना संक्रमितको मृत्यु भइसकेको छ। यस्तै सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भएको छ।
नेपालमा हालससम्म २६ हजार ६ सय ६० जना संक्रमित भएका छन् भने तीमध्ये १७ हजार ३३५ जना संक्रमणमुक्त भएर घर फर्किएको मन्त्रालयले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।