काठमाडौं- काठमाडौं नगरपालिका वडा नम्बर १० को कार्यालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै विभिन्न ७ प्रकारका गतिवधि संचालन गर्न रोक लगाएको छ।
महानगरका धेरै जनामा कोभिड संक्रमण देखिएको भन्दै वडाले अर्को सूचना जारी नभएसम्मका लागि यी गतिविधि बन्द गराएको जानकारी दिएको हो। १० नम्बर वडामा नयाँ बानेश्वर, मध्यबानेश्वर, थापागाउँ, शंखमूल, बिजुलीबजार र बुद्धनगरलगायतका क्षेत्र पर्छन्।
महानगरको सूचनासँगै फुटपाथका सबै पसल बन्द हुने भएका छन्। यस्तै मठमन्दिरमा नित्य पूजा बाहेकका गतिविधि संचालन नगर्न भनिएको छ। कवाडी संकलन गर्न, चिया पसल संचालन गर्न र पान पसलसमेत बन्द गर्न वडाको सूचनामा भनिएको छ। यस्तै जिमहल सैलुन र भिडभाड हुने सबै गतिविधि बन्द गराइएको जनाइएको छ।
निषेध गरिएका गतिविधि संचालन गरे कानुन बमोजिम कारबाही हुनेसमेत वडाले स्पष्ट पारेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।