झापा–मंगलबार दिउँसो झापाको कन्काई नगरपालिका– १ बिरिङ खोला नजिकै भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. १६ प ४२०८ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको ना. ७ ख ८०१८ नम्बर को टिप्परले पछाडीबाट ठक्कर दिएको हो। दुर्घटनामा स्कुटर चालक जिल्ला धनकुटा देव्रेबास–४ बस्ने बर्ष ४२ को राजेश श्रेष्ठ र पछाडी सवार बर्ष ३३ की पुष्पा श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको हो। चालक सहित टिप्परलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको इप्रका बिर्तामोडले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।